माओवादी केन्द्रले स्थानीय तहका प्रमुख उपप्रमुखको भेला गर्ने
२०८१ माघ २१ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना पार्टीका तर्फबाट विजयी स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको पदाधिकारी बैठकले पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए । माओवादीका तर्फबाट एक सय २३ पालिकामा प्रमुख उपप्रमुख विजयी भएका छन् ।
यस्तै बैठकले माओवादीले आगामी फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
२०८१ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित








