सांस्कृतिक र प्राकृतिक सम्पदा नेपालका खुला सङ्ग्राहलय हुन् : संस्कृतिमन्त्री 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालका विविध संस्कृति, प्रकृति र सम्पदा खुला सङ्ग्रहालय भएको बताएका छन् ।

प्रा.डा. सोमप्रसाद खतिवडाद्वारा लिखित हनुमानढोका दरबार क्षेत्रका मूर्त सांस्कृतिक सम्पदा नामक पुस्तक र हुनुमान ढोका स्मारिकाको सोमबार विमोचन गर्दै उनले त्यस्तो बताएका हुन् ।

मन्त्री पाण्डेले भने, “हामी जीवित सम्पदाले धनी छौँ । विविध संस्कृति, प्रकृति र सम्पदा खुला सङ्ग्राहलयका रूपमा रहेका छन् । यसलाई चलायमान् बनाउन आवश्यक छ ।”

उनले ठूलो पूँजीका रूपमा रहेका जल, जङ्गल र जडिबुटीजस्ता जैविक सम्पदाको संरक्षणमा सबै जुट्नुपर्ने आवश्यकता औँल्याए । प्राकृतिक सम्पदा जोगाउनका लागि प्राज्ञिक र एकेडेमिक रूपमा बहस र छलफल हुनुपर्नेमा मन्त्री पाण्डेको जोड थियो ।

“सम्पदाको अध्ययन, अन्वेषण हुँदा तथ्य र तथ्याङ्कमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुनेगरी निष्कर्षमा पुग्नुपर्छ । हनुमानढोका दरबार क्षेत्रको मूर्त सांस्कृतिक सम्पदा नामक अनुसन्धात्मक पुस्तकले त्यसमा राम्रो सुरुवात गरेको छ”, उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =