संविधान संशोधनको बहस हुनै छोड्यो : विमलेन्द्र निधि

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिले संविधान संशोधनको बहस हुन छोडेको बताएका छन् । जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बनाउँदा ताका सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा राखेपनि अहिले छलफल नै हुन छोडेको गुनासो गरे ।

उनले संविधान संशोधनको मुद्दालाई नेपाली कांग्रेसले बढी चासोका साथ अघि बढाइरहेको बताए । नेता निधिले संविधान संशोधनको लागि दुई तिहाइ आवश्यक रहेको भएपनि कानुन निर्माण र संशोधनका लागि बहुमत भए पुग्ने बताए । संविधान संशोधन र कानुन निर्माण पनि उत्तिकै आवश्यक रहेको नेता निधिको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =