किक बक्सिङ टोली भारत प्रस्थान
२०८१ माघ १८ गते

काठमाडौं । चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।
भोलिदेखि फेब्रुअरी ५ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको ६७ किलो सुनिम श्रेष्ठ, ५४ किलोमुनि आशिक कोली र ५१ किलोनि चिरन राई तथा भक्तराज जोशीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा दिवान्स रहेका श्रेष्ठ छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले शुक्रवार आयोजित एक कार्यक्रमका बीचमा खेलाडीलाई बिदाइ गरे ।
२०८१ माघ १८ गते
प्रतिक्रिया
सम्बन्धित








