पाथीभरा झडपका तीन गम्भीर घाइतेलाई हेलिकोप्टर मार्फत काठमाडौं ल्याइयो

काठमाडौं । पाथीभरा केबलकार निर्माणको विषयमा भएको झडपमा तीन गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

झडपमा चार जना प्रदर्शनकारी र २० जना सुरक्षाकर्मी घाइते भएका थिए । उनीहरूमध्ये सगुन लिम्बू, यमबहादुर लिम्बू र धर्मन पालुङ्वा लिम्बू गम्भीर छन् ।

तीनै जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत आइतबार मध्याह्न काठमाडौं ल्याइएको हो । उनीहरूलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको आन्दोलनरत पक्षका अगुवा सरोज लिम्बूले बताए ।

यमबहादुरको तिघ्रामा गोली लागेको छ । सगुनको पछाडिको पातामा गोली लागेको छ । दुवै जना बोलचाल गरिरहेको भए पनि अवस्था गम्भीर छ । त्यस्तै, धर्मनको दाहिने कुम भाँचिएको छ ।

पाथीभरा क्षेत्रको काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि बलुडाँडामा स्थानीय बासिन्दा र प्रहरीबीच शनिबार झडप भएको थियो ।

पाथीभरा क्षेत्रमा केबलकार निर्माण भइरहेको छ । स्थानीय बासिन्दाले भने धार्मिक क्षेत्रमा केबलकार बनाउन नहुने जनाउँदै विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =