गाजा युद्धविरामपछि भग्नावशेषबाट १६२ शव निकालियो

२०८१ माघ १२ गते

एजेन्सी । गजापट्टीमा युद्धविराम सम्झौता लागू भएदेखि कम्तीमा १६२ शव भग्नावशेषबाट निकालिएको नागरिक रक्षाले जनाएको छ ।
नागरिक रक्षाले अवस्थाको जरुरीतालाई जोड दिएको छ । हजारौं शवहरू अझै पनि नष्ट भएका भवनहरूको भग्नावशेषमुनि फसेको बताइएको छ ।
संयुक्त राष्ट्र संघको अनुमानअनुसार गाजामा ५ करोड टन भन्दा बढी भग्नावशेष हटाउन आवश्यक छ । जुन २० लाखभन्दा बढी मानिसहरूको घर हो ।
गाजाको सरकारी मिडिया कार्यालयले युद्धविराम पछिको आफ्नो पहिलो मूल्याङ्कनमा गाजा पट्टीको ८८ प्रतिशत भाग क्षतिग्रस्त भएको रिपोर्ट गरेको छ । जसमा ३८ अर्ब डलरभन्दा बढीको प्रारम्भिक क्षति अनुमान गरिएको छ ।

२०८१ माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित