यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जी.पी शाह नियुक्त (भिडिओ)


काठमाडौँ । यशोदा फूड्स प्रा.लि.ले नयाँ ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाहलाई नियुक्त गरेको छ ।
शुक्रवार काठमाडौंको सोल्टीमोड स्थित हायात सेन्ट्रिकमा एक भव्य समारोहको आयोजना गर्दै यशोदा फुड्सले शाहलाई ग्लोबल कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
कार्यक्रममा यशोदा फूड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले खादा र फूलको गुच्छा सहित शाहलाई ग्लोबल कार्यकारी निर्देशकमा सम्मान गर्दै स्वागत गरे ।
कार्यक्रममा औद्योगिक क्षेत्रका विशिष्ट व्यक्तिहरू, व्यावसायिक साझेदारहरू र मिडिया प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । ग्लोबल कार्यकारी निर्देशकमा शाहको नियुक्ति सँगै यशोदा फुड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीले जनाएको छ ।
शाहले आफ्नो दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ । ग्लोबल कार्यकारी निर्देशकको भूमिकाले नवीनतम योजनाहरूको नेतृत्व गर्दै, घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा यशोदा फुड्सले गरेको छ ।
ग्लोबल कार्यकारी निर्देशकमा नियुक्त शाहले व्यवसायलाई नयाँ जीवन्तता प्रदान गर्ने, बजार वृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, व्यवसायको कार्यगत क्षमताको विस्तार तथा वृद्धि, संस्थागत विकास र टिम बिल्डिङका लागि काम गर्दै आएका छन् । रेभिन्यूमा निरन्तर वार्षिक वृद्धि, नाफाका साथै ईन्टरप्राइजको भ्यालु एडिशनका लागि प्रमाणित ट्रयाक रेकर्डका लागि पनि उनी परिचित छन् ।
यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा नियुक्त भएपछि शाहले गुणस्तर र नवप्रवर्द्धनका सवालमा सदैव अग्रणी रहँदै आएको कम्पनीसँग आफ्नो यात्रा अगाडी बढाउन पाउँदा उत्साहित रहेको बताए ।
उनले कम्पनीको भिजनलाई आत्मसात् गर्दै, कम्पनीलाई थप सफलता र उचाइमा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।
नेपालको खाद्य बजारकै अग्रणी, खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल यशोदा फूड्स प्रा.लि.ले नयाँ यात्रा थालनी गरेको बताएको छ ।
अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्नओभर एक सय करोड भन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानडा, अमेरिका, बहराइन, कुवेत, युएई, जापान, युके, इटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भुटान, हङकङ, कतार, सिंगापुर , न्यूजिल्यानड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।
शाहको नियुक्तिले यशोदा फुड्सको निरन्तर सफलता, उन्नति, उत्कृष्टता, र नवीनताप्रतिको प्राथमिकतालाई प्रतिबिम्बित गरेको छ । कम्पनीले आफ्नो परम्परागत विरासतलाई कायम राख्दै खाद्य पदार्थ क्षेत्रमा नवप्रवर्तन भित्राउने उद्देश्य लिएको छ ।
कम्पनीले सदाझैँ आफ्ना उत्पादनको गुणस्तर र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै नेपाली अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पुर्याउन प्रतिबद्ध रहेको बताएको छ । साथै, निकट भविष्यमा खाद्य उत्पादनका साथै एफएमसीजी उत्पादनहरू पनि सार्वजनिक गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
