शीतलहर र चिसो बढेपछि इटहरीका विद्यालय बन्द

काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शीत लहर र अत्यधिक चिसो बढेपछि उपमहानरपालिकाले सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाले आज र भोली दुई दिन बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख रमेश कुमार शाहले जानकारी दिए ।

‘विद्यार्थीहरूको स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गरेर पालिकाभित्र सञ्चालित विद्यालयहरूलाई बन्द गर्ने निर्णय भएको हो, यो बिदा मिनपचास बिदाबाट कट्टा गरिनेछ,’उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =