भारतको नयाँ दिल्लीमा ११औं अटो ट्रेड डायलग सम्पन्न

काठमाडौँ । भारतको नयाँ दिल्लीमा ११औं अटो ट्रेड डायलग सम्पन्न छ ।

गत सोमबार भारतको राजधानी नयाँ दिल्लीमा सोसाइटी अफ इन्डियन अटोमोवाइल म्यानुफयार्चस (यसआईएयम) का अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्यमा ११ औं अटो ट्रेड डायलग सम्पन्न भएको हो ।

सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव सम्बन्धी प्यानेल छलफलमा पेनेलिष्टका रुपमा ओभरभ्यु अफ नेपाल अटो पोलिसिजका सम्बन्धमा आफनो धारणा राख्दै नेपालको अटोमोवाइल क्षेत्रले राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा दिएको योगदानबारे संक्षिप्त जानकारी दिए ।

सोही क्रममा अध्यक्ष चौधरीले नेपालको सडक सुरक्षाका सम्बन्धमा भईरहेको प्रयासबारे पनि बताउँदै नेपाल, सवारी साधनहरूको आयातकर्ताबाट एसेम्बली प्लाण्ट मार्फत उद्योगतर्फ अग्रसर हुँदै गएको जानकारी दिए ।

पेनेलिष्टको रुपमा बोल्दै अध्यक्ष चौधरीले नेपालमा आइसी गाडीहरूको आयात घट्दै गएको भए पनि नेपालको सरकारले ग्रिन इनर्जिलाई उच्च प्राथमिकतामा राखेको फलस्वरूप नेपालमा विद्युतीय सवारी साधनहरूको आयात हरेक वर्ष बढ्दै गएको र सोही अनुरूप चार्जिङ्ग स्टेसनहरू पनि क्रमशः थपिँदै गएको बताए ।

यसै क्रममा अध्यक्ष चौधरीले नेपाल अहिले विद्युतीय सवारी साधनहरूको हब बन्दै गएको समेत बताए ।

उक्त ११ औं अटो ट्रेड डायलग कार्यक्रमलाई दक्षिण अफ्रिकाका डेपुटी हाई कमिश्नर सेड्रिक सि क्रोवेली, जर्मनीका फेडरल मिनिष्ट्रीका डिजिटल एण्ड ट्रान्सपोर्ट महानिर्देशक डा.सेभेन हलड्रोन, भारतका लागि ब्राजिली राजदूत एच.इ.केन्नेथ एफ.एच दा नोबे्रगा, मिनिष्ट्रि अफ हेवी इण्डष्ट्रिजका अतिरिक्त सचिव डा. हानिफ कुरेशी, मिनिष्ट्रि अफ कमर्स एण्ड इन्डस्ट्रीका अतिरिक्त सचिव एल सत्या श्रीनिवासले समेत सम्बोधन गरेका थिए ।

उक्त डायलग कार्यक्रम तीन चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणमा व्यापार सम्झौतामा एकीकृत लगानी, दोस्रो चरणमा स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव र तेस्रो चरणमा विकसित विश्वव्यापी व्यापारको परिदृश्यमा लचिलोपना विकास गर्ने शीर्षक अन्तर्गत भएको छलफलमा विश्व व्यापार संगठनका प्रतिनिधि लगायत विभिन्न देशबाट आएका प्रतिनिधिहरूले पेनेलिष्टका रुपमा आ—आफनो धारणा राखेका थिए ।

यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भईरहेको भारत मोविलिटी अन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ । सो कार्यक्रममा नाडाकातर्फबाट संस्थागत उपाध्यक्ष तेजनारायण साह, महासचिव सुरेन्द्रकुमार उप्रेती केन्द्रीय कार्य समितिको सदस्य कपिल शिवाकोटी र प्रदीपमान प्रधान समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =