अमेरिकाको विदेशमन्त्रीमा मार्को रुबियो

एजेन्सी । अमेरिकी सिनेटले सोमवार सर्वसम्मतिले मार्को रुबियोलाई विदेशमन्त्रीको रूपमा पुष्टि गरेको छ ।

९९–० को मतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रिपरिषद्को मनोनयनलाई पुष्टि गर्ने सिनेटरहरूले गरेको पहिलो मतदान थियो ।

२०११ पछि फ्लोरिडा राज्यको प्रतिनिधित्व गर्ने सिनेटर रुबियोले सिनेटमा मतदान गरेको यो अन्तिम पटक हुनसक्छ ।

ट्रम्पका उत्साही अनुयायी र उनका नीतिहरूको वकालत गर्ने रुबियोले ट्रम्पलाई धन्यवाद दिए ।

ट्रम्पको विदेश नीतिको प्रतिवद्धतालाई अमेरिकी विदेश विभागको मुल मिसन बनाउने प्रीतवद्धता जनाए । ५३ वर्षीय रुबियो क्युबाली आप्रवासीहरूका सन्तान हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *