नेटाले ८१८ मिलियन अमेरिकी डलर लगानी प्राप्त गर्यो, अन्तर्राष्ट्रिय बिक्री दोब्बर गर्ने लक्ष्य

काठमाडौँ । चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ । यो बाह्य लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादन पुनः सुरु गरेको हो ।

२०२५ मा, नेटा मुख्य रूपमा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित हुने कम्पनीले जनाएको छ, बिक्रीलाई दोब्बर पार्ने योजना बनाइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेटाको घरेलु बिक्री २०२४ को अन्त्यतिर घटेको देखिएको थियो । चाइना ईभी डाटा ट्र्याकरका अनुसार, नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१,५९२ युनिट बिक्री गरेको थियो, जसमा ४०.२ % को वार्षिक गिरावट देखिएको थियो । यद्यपि, नेटाका अध्यक्ष फाङ युनझोउले २०२५ मा सकल नाफा सकारात्मक हुने र कम्पनी २०२६ सम्म नाफामा आउने दाबी गरेका छन् ।

नेटाले ठूलो बाह्य लगानी प्राप्त गर्यो

कम्पनीले DoNews रिपोर्ट अनुसार, नेटाले करिब ६ अर्ब युआन लगानी प्राप्त गरेको जनाएको छ । रिपोर्टका अनुसार, राज्य–स्वामित्वका सम्पत्ति र विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक CATL ले यो लगानीमा सहभागिता जनाएका छन् । २०२३ को जनवरीमा, नेटा CATL को Bedrock च्यासिस प्रयोग गर्न सम्झौता गर्ने पहिलो कम्पनी बनेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नेटाको L Crossover CATLको Freevoy ब्याट्री (सोडियम मिसिएको) प्रयोग गर्ने पहिलो मोडेलहरू मध्ये एक हो । कम्पनीका एक कर्मचारीका अनुसार, कम्पनीले सञ्चालन सुनिश्चित गर्न आन्तरिक समायोजन पूरा गरिसकेको छ । अटोमोबाइल उत्पादन र बिक्रीपछिका पार्ट्स आपूर्ति कायम राख्न कम्पनीको मुख्य ध्यान केन्द्रित रहेको जनाएको छ । हाल नेटाले चीनभित्र डिलरशिप नेटवर्कमा ध्यान केन्द्रित गरिरहेको जनाएको छ ।

नेटाको ध्यान अन्तर्राष्ट्रिय बजारमा

२०२५ जनवरी १७ मा, नेटाले दोस्रो अन्तर्राष्ट्रिय डिलर र लगानीकर्ता सम्मेलन आयोजना गरेको थियो । २०२५ मा, कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ध्यान केन्द्रित गर्दै बिक्री दोब्बर पार्ने लक्ष्य राखेको छ । गत वर्ष, नेटाले अन्तर्राष्ट्रिय देशहरूमा ३०,००० युनिट गाडी बेचेको थियो । अहिलेको लक्ष्य भनेको ६०,००० युनिट बिक्री हो । नेटाले यसअघि दुईदेखि तीन वर्षभित्र आधा बिक्री घरेलु बजार र आधा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने योजना साझा गरेको कम्पनीले जनाएको छ ।

घरेलु बजारमा भइरहेको कडा मूल्य प्रतिस्पर्धाबाट बच्न कम्पनीले अन्तर्राष्ट्रिय बजारलाई अवसरको रूपमा लिएको जनाएको छ । हाल नेटाले दक्षिणपूर्व एसिया तथा मध्य र दक्षिण अमेरिकाका करिब ४० देशहरूमा १८० भन्दा बढी बिक्री च्यानल विस्तार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 6 =