शहीदहरुको स्मरणमा मधेस भवन परिसरमा वृक्षारोपण

काठमाठौं । मधेस प्रदेश सरकारले शहीदहरुको स्मरणमा वृक्षारोपण गरेको छ ।

आईतवार बिहान मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको नेतृत्वमा वृक्षारोपण कार्यक्रम भएको हो ।

माघ ५ गते बलिदानी दिवस मनाइएको थियो । सोही स्मरणमा आज बिहान जनकपुरको मधेस भवन परिसरमा २५ वटा वृक्षारोपण गरेको मन्त्री लेखीले बताए ।

उनले शहीदहरुप्रति सम्मान व्यक्त गर्दै वृक्षारोपण गरिएको बताए । ‘बलिदानी दिवसको अवसरमा हामी केही दिन यता विभिन्न कार्यक्रम गर्दै आएका छौँ । आज बिहान मधेस भवन परिसरमा शहीदहरुप्रति सम्मान व्यक्त गर्दै, शहीदहरुको चीर शान्तिको कामना गर्दै मधेस भवन परिसरलाई स्वच्छ,हराभरा बनाउन वृक्षारोपण कार्यक्रम गरेका छौँ । आज २५ बिरुवा रोपेका छौँ । शहीद प्रतिष्ठानलाई समयानुकुल बनाउन व्यापकता र प्रभावकारी बनाउनुपर्छ । सकारात्मक सोचका साथ अघि बढ्ने हो भने समाज रुपान्तरण सम्भव छ’ उनले भने ।

उनले शहीद प्रतिष्ठानलाई समयानुकुल बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eighteen =