खबर दिनभर : यी हुन् आजका शीर्ष समाचार


मुलुकमा समृद्धि ल्याउन सबै दलहरु जिम्मेवार हुनुपर्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिताले मुलुकप्रति निष्ठा र माया बढाउने खालका सन्देश प्रवाह गर्न जरुरी रहेको बताएका छन् ।
न्यू सृष्टि दैनिकको १४ औँ वार्षिकोत्सव र युवा सम्मान कार्यक्रमको आज उद्घाटन गर्दै उनले सबैले मुलुकलाई माया गर्दै इतिहासप्रति गर्व गर्न जरुरी रहेको धारणा राखे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भौगोलिक विविधता, प्राकृतिक स्रोत र साधनले धनी मुलुकमै बस्न र यहीँ काम गर्न युवाहरुलाई आग्रह समेत गरे ।
उनले मुलुकमा सुशासन, विभेदको अन्त्य, न्याय र आर्थिक सङ्कट अन्त्यगरी समृद्धि ल्याउन सबै राजनीतिक दलहरुको जिम्मेवार हुनुपर्नेमा समेत जोड दिए ।
दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन : देव गुरुङ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले दुई दलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताएका छन् । शनिवार आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको विस्तारित बैठकमा उनले संविधान संशोधनको नाममा सीमित दल अस्थित्वमा रहने गरी गरिने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका हुन् ।
महासचिव गुरुङले पार्टीप्रति जनआकर्षण बढेको गएको कुरा उपनिर्वाचनले पुष्टि गरिसकेको भन्दै त्यसलाई थप बढाउन क्रियाशील हुनुपर्नेमा जोड दिए। “माओवादी पार्टी सकियो भन्ने भाष्य निर्माण गर्न खोजिएको थियो । त्यसलाई जनताले र गलत प्रमाणित गरिसके । अब पार्टी नेता तथा कार्यकर्ता पार्टी संगठन निर्माण जुटौँ । पार्टीलाई बलियो बनाउन लागौँ”, उनले भने ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गायत्री गुरुङ, सुरेश आले मगर, हरिबहादुर चुमानलगायतले सम्बोधन गरेका थिए ।
बैठकले आगामी फागुन १० गते मुक्ति मोर्चाको राष्ट्रिय भेला पोखरामा आयोजना गर्ने निर्णय गरेको नेता मनराज गुरुङले जानकारी दिए ।
स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छ : दिनेश थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुखरउपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रश्ताव ऐनमा राखिएको बताएका छन् ।
शनिवार धुलिखेलमा नेपालमा निर्वाचन सुधारः सुधारका पक्ष, औचित्य र सान्दर्भिकताबारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले निर्वाचन आयोगले प्रश्ताव गरेको निर्वाचनसम्बन्धी ऐनमा अबको निर्वाचनबाट स्थानीय तहको निर्वाचनमा प्रमुखरउपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुनुपर्ने प्रावधान राखिएको बताएका हुन् ।
उनले प्रत्यक्षलाई नै समावेशी गर्नसके समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई तलमाथि गर्न सकिने उल्लेख गरे । समानुपातिक भनेको अहिलेको ठूलो उपलब्धि भएको उल्लेख गर्र्दै नेपालको लोकतन्त्र भनेको समावेशी लोकतन्त्र रहेको बताए ।
समावेशितालाई बाहिर राखेर कुनैपनि कानून बनाउन नसकिने उल्लेख गरे । ‘प्रत्यक्षलाई नै समावेशी गरियो भने समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई तलमाथि गर्न सकिन्छ । समानुपातिक हटाऔँ भनेर आयोगले भन्ने पनि होइन । अबको कानूनमा पनि छ । स्थानीय तहको निर्वाचनमा प्रमुखरउपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुनुपर्नेछ भन्ने ऐनमा नै छ । त्यो पास भए आयोगलाई बाध्यता हुन्छ’ उनले भने ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिलेको कानूनले निर्वाचनको अधिकार नै प्रत्यायोजन गर्न नसक्ने अफ्ठ्यारो स्थिति रहेको बताए । उनले छिमेकी देश भारतमा समेत स्थानीय तहको निर्वाचन प्रदेशले गराउने गरेको भन्दै नेपालमा पनि स्थानीय तहको निर्वाचन प्रदेशले गर्नेगरी व्यवस्था गर्न सकिने उल्लेख गरे ।
स्थानीय तहको निर्वाचन प्रदेश सरकारले गराउने बारेमा आयोगलाई कुनै आपत्ति नरहेको बताए । ‘अहिलेको कानूनबाट हामीले यो चाहीँ स्थानीय तहको चुनाव प्रदेशबाट चुनाव मात्रै गर्ने, केन्द्र र प्रदेशको चुनाव केन्द्रबाट गराउने गरी जान सकिन्छ,’उनले भने ‘यसमा आयोगको कुनै आपत्ति छैन । तर अहिलेको कानून फेर्नुपर्छ । त्यो अहिलेको कानूनमा परेको छैन ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल तथा उम्मेदवारहरुले आचारसंहिता मिच्ने र आयोग त्यसलाई मान्नुपर्छ भनेर छाता बोकेर ओढाउँदै हिँड्ने जस्तो अन्तरसम्बन्ध संसारमा कतैपनि नरहेको जिकिर गरे ।
उनले प्रत्यक्ष निर्वाचित र समानुपातिकबीच विभेद गर्न नहुने बताए । उनले लोकतन्त्रमा, बहुदलीय व्यवस्थामा आम नागरिकको अल्पमतले शासन गर्नु भनेको दुर्गुण भएको बताए ।
गृह र भौतिक पूर्वाधार मन्त्रीले गरे महाकालीमा निमार्णाधीन पुलको निरीक्षण
गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले शनिवार महाकाली नदीमा निमार्णाधीन चारलेनको मोटरेबल पुलको निरीक्षण गरेका छन् । ‘भेरियेसन’ का कारण पुल निमार्ण प्रभावित भएपछि आज मन्त्रीद्वय लेखक र दाहालले पुलको निरीक्षण गरेका हुन् ।
पुल छेउमा निर्माणाधीन पोखरीको ‘गाइडबन्ड’(बाँध)को परिवर्तित ‘डिजाइन’ स्वीकृत भए पनि भेरिएसन नभएकाले पुलसँगै बन्ने अन्य संरचनाको काम रोकिएको छ ।
गत भदौमा महाकाली नदीमा आएको बाढीले भीमदत्त नगरपालिकातर्फ तीन सय मिटर बाँध भत्काएको थियो । सोही कारणले महाकाली नदीमा बनेको चारलेनको पक्की पुल र बस्ती बाढीको जोखिममा परेपछि त्यसको विकल्प खोज्न सडक विभागका निर्देशक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित मन्त्रीद्वय स्थलगत अवलोकनका लागि महेन्द्रनगर पुगेका हुन् ।
पुलको अवलोकन गर्दै गृहमन्त्री लेखकले गाइडबन्ड भत्किएपछि बस्ती र पुल दुवै जोखिममा पर्ने भएकाले तत्काल यसको समाधान गर्न आवश्यक रहेको बताए ।
“पुलको पारि दोधारा चाँदनी सुक्खा बन्दरगाह निमार्ण हुने अन्तिम चरणमा छ, यो पुल सफल भएन भने सुक्खा बन्दरगाहसमेत सफल हुँदैन”, उनले भने, “चाँडोभन्दा चाँडो यो समस्याको समाधान गर्न विकल्पको खोजीका लागि स्थलगत अवलोकनमा आएका हौँ ।”
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वस्तुस्थिति बुझेर समस्या समाधानमा लाग्ने बताए । महाकाली नदीमा निर्मित चारलेनको पक्की पुलको दुवैतर्फ छ सय मिटर चौडाइ र दुई हजार आठ सय मिटर लम्बाइको पोखरी निर्माण गरिएको छ ।
सुरुमा पोखरीको गाइडबन्ड दुई सय ५० किलोभन्दा बढी तौलका ढुङ्गा प्रयोग गरेर निर्माण गर्नुपर्ने डिजाइन थियो । ठूला ढुङ्गा नपाइएपछि डिजाइन परिवर्तन गरी ‘ग्राभेल’ र कङ्क्रिटसहितको गाइडबन्ड निर्माणको नयाँ डिजाइन गत वर्ष चैतमा स्वीकृत भएको सडक विचागले जनाएको छ ।
नयाँ डिजाइन वीकृत भएपछि निर्माण कम्पनीले काम सुरु गरेको थियो । उक्त गाइडबन्ड नदीले भत्कारएर महाकाली बस्तीतर्फ सोझिएको छ । सोही कारण बस्ती र पुलसँग पुग्ने पहुँच मार्ग जोखिममा परेको छ ।
भीमदत्त नगरपालिका–१२ का स्थानीय कृष्णसिंह देउवाले भुजेलाखोला र महाकाली नदीमा बनेको बाँध भत्किएपछि पुलसँगै बस्ती जोखिममा परेकाले समयमा बाँध निर्माण गर्न मन्त्रीसँग आग्रह गरे ।
“वर्षा सुरु हुन तीनरचार महिना मात्रै बाँकी छ, यहाँ पुनः बाढी आउन सक्छ । यहाँका स्थानीय अहिलेदेखि नै बाढीको त्रासमा छन्”, उनले भने,“यथाशीघ्र बाढीको समस्या समाधान नभए भीमदत्तका तीन वडा र पुलमा क्षति हुनसक्छ ।”
पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सुरु गर्न नसकिएको बताए ।
“नयाँ डिजाइन गत चैतमा स्वीकृत भएको हो । अहिलेसम्म भेरिएसन भएको छैन”, उनले भने,“भेरिएसनका लागि पटकपटक ताकेता गर्दा पनि हुन सकेको छैन ।”
इन्जिनियर पाण्डेयले समयमा भेरिएसन नहुँदा महाकाली नदीमा बाढीले ठूलो नोक्सान हुनसक्ने बताए । “नयाँ डिजाइनको भेरिएसन नहुँदा स्वीकृत हुने बित्तिकै हुने आशामा गाइडबन्डको काम गरियो, महाकालीको बाढीले गाइडबन्ड बगाएपछि अहिले क्षतिपूर्ति नपाउने अवस्था आएको छ”, उनले भने, “बर्खा अगावै गाइडबन्डको काम गर्न नसकिए बाढीले ठूलो क्षति हुनसक्छ ।”
पहुँचमार्गको गड्डाचौकी क्षेत्रमा पनि दुई सय मिटर कालोपत्रको काम बाँकी छ । दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा पक्की पुललाई हेरिएको छ । पक्की पुल निर्माण गत वर्ष सकिए पनि पुलसँगैका अन्य संरचना भने निर्माण हुन बाँकी छन् ।
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउँछौँ : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताएका छन् ।
काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उनले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरेहको बताएका हुन् ।
“महिलामा क्यान्सर हुन नदिन सरकारले यही माघ २२ देखि देशभरका १६ लाख किशोरीमा क्यान्सरविरुद्धको खोप प्रदान गर्न लागेको छ”, स्वास्थ्यमन्त्री पौडेलले भने ।
उनले पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको बताए । सरकारले पक्षघातको औषधि निःशुल्क वितरण गर्ने गरी कार्ययोजना अगाडि बढाएको पनि उहाँले जानकारी दिए ।
स्वास्थ्यमन्त्री पौडेलले नागरिकको योगदानमा आधारित कोष बढाएर स्वास्थ्य बिमाको रकमसमेत बढाउँदै आमनागरिकको उपचारमा खर्च गर्नेगरी सरकारले योजना बनाएको उल्लेख गरे । “हाल स्वास्थ्य विमाको रकम रु एक लाख रहेको छ, हामी त्यसलाई बढाएर रु पाँच लाख बनाउने गरी योजना बनाइरहेका छौँ”, उनले भने ।
छिरिएर रहेको स्वास्थ्य रकमलाई बिमा कोषमार्फत उपचार गराउने प्रबन्ध गरिने उनको भनाइ थियो । उनले नेपालको स्वास्थ्य क्षेत्र धेरै सुधारिएको भए पनि अझै पर्याप्त नभएको उल्लेख गरे ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समाज रुपान्तरणमा जनकल्याण सामाजिक केन्द्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले समाज सेवाको क्षेत्रलाई निरन्तर अगाडि बढाउन उक्त संस्थालाई आग्रह गरे ।
टोखा नगरपालिकाले जनकल्याण सामाजिक केन्द्रलाई अगाडि बढाउन सहयोग गर्ने नगरप्रमुख अधिकारीको भनाइ थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारी, जनकल्याण सामाजिक केन्द्रका सल्लाहकार भरत ढकालले जनकल्याण सामाजिक केन्द्रले टोखाको समाज र स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको बताएका थिए ।
विसं २०७० मा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले हालसम्म देशभर तीन सय ५१ पटक रक्तदान, स्वास्थ्यशिविर, आँखा शिविरलगायतका स्वास्थ्य कार्यक्रम सञ्चालन गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिए ।
अल नेपाल अस्पताल र दृष्टि आँखा केन्द्रको सहकार्यमा आयोजना गरिएको आजको स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी व्यक्तिलाई सेवा प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न विधामा योगदान दिएका एक दर्जनभन्दा बढी व्यक्तिलाई सम्मान गरिएको थियो ।
समाजवादी मोर्चासँग सहकार्य हुन्न : उपेन्द्र यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भवना नरहेको स्पष्ट पारेका छन् ।
बलिदान दिवसका अवसरमा आज लहानमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले प्रतिपक्षी दलहरुले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको बताए ।
अध्यक्ष यादवले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको पनि भूमिका रहेको बताए ।
मधेस प्रदेश सरकारले मधेस आन्दोलनका पहिलो सहिद सिरहाका रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।
बलिदानी दिवसको अवसरमा एक लाख दीप प्रज्वलन
बलिदानी दिवसको अवसर पारेर जनकपुर धाममा एक लाख दीप प्रज्वलन गरिएको छ ।
शनिवार साँझ बलिदानी दिवसको अवसर पारेर एक लाख दीप प्रज्वलन गरिएको हो । मधेस प्रदेश सरकारद्वारा आयोजित दीप प्रज्वलन कार्यक्रममा मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी सहभागी थिए ।
सो अवसरमा बोल्दै लेखीले माघ ५ गते बलिदानी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको र आज एक लाख दीप प्रज्वलन गरेको बताए ।
उनले वीर शहीद योद्धाहरुप्रति सम्मान व्यक्त गर्न दीप प्रज्वलनको कार्यक्रम आयोजना गरिएको बताए ।
थारु समुदाय ‘भलमन्सा’ चुन्ने चटारोमा
कैलालीको कैलारी गाउँपालिकास्थित मनिकापुर गाउँका रामदिन चौधरी दोस्रो कार्यकालका लागि गाउँको ‘भलमन्सा’ पदमा चुनिएका छन् ।
गाउँको थारु समुदायमा ‘भलमन्सा’ को जिम्मेवारीमा रहेर काम गरेको अनुभवका आधारमा उनलाई पुनः दोस्रोपटक सर्वसम्मत रुपमा भलमन्सामा चयन गरिएको हो ।
“भलमन्साको जिम्मेवारी लिइसकेका बद्रीनारायण चौधरीले मलाई समर्थन गर्नुभयो”, उनले भने “अरुले पनि आग्रह गरेपछि पुनः जिम्मेवारी लिएको हुँ ।”
सोही गाउँपालिकाको बिसनपुर गाउँमा भलमन्सा छनोट गर्न बसेको बैठकले सोनुराम चौधरीलाई भलमन्सा तोक्ने निर्णय गरेको छ । दुई वर्षसम्म लगातार भलमन्साको जिम्मेवारीमा बहन गरिसक्नुभएका सोनुरामले साथीभाईको सरसल्लाहमै आफू पुनः यो पदको जिम्मेवारी लिन मञ्जुर भएको बताए । उनले भने “गाउँमा आफ्नो नेतृत्वमा वर्षभरि भएका कामबाट सबै खुसी हुनुहुन्छ ।”
गोदावरी नगरपालिका–८ को थारु गाउँमा यमबहादुर चौधरी भलमन्सा भएका छन् । माघी पर्व सुरु भएसँगै गाउँको मुख्य व्यक्ति मानिने भलमन्सा, चौकीदार, गुरुवा, चिराकी, अघरियालगायतका पदमा व्यक्ति छनोट गर्ने चटारो यतिबेला थारु समुदायमा छ ।
पदमा बसेर काम गर्न नसक्नेलाई पदमुक्त गरेर अर्को व्यक्तिलाई भलमन्साको जिम्मेवारी दिइने गरिन्छ । कतिपय स्वाइच्छाले यो जिम्मेवारीबाट अलग हुन्छन् । थारु समुदायमा मुख्य व्यक्तिको रुपमा रहने भलमन्सालाई सकभर सर्वसम्मतिले र त्यसो हुन नसके निर्वाचन प्रक्रिया अथवा गोला ९चिठ्ठा० प्रक्रिया अपनाएर प्रजातान्त्रिक ढङ्गले छनौट गरिन्छ । गाउँको भलमन्सा पदमा चुनिने व्यक्तिको घरलाई यो समुदायमा ‘बडघर’ भनिन्छ ।
कतिपय वस्तीमा यस्तो भेला भइसकेर भलमन्सा छनोटको काम पूरा भइसकेको छ भने अन्य कतिपय गाउँमा छनोट गर्ने काम भइरहेको छ । पूरै वडाको हकमा निर्वाचित जनप्रतिनिधिको भूमिका रहने गरे पनि समुदायको गाउँ टोलको हकमा भने बढी भूमिका भलमन्साको हुने गरेको पाइन्छ ।
थारुमा माघीको रौनकसँगै आवश्यकताअनुसार ‘बडघर’ बैठकहरु बसिरहेका छन् । यस्ता बैठकमा वर्ष दिनमा गाउँ टोलमा भलमन्साको नेतृत्वमा भएका कामबारेमा आपसमा छलफल, विश्लेषण, गुनासो सुन्ने र सुनाउने काम हुनेगर्छ ।
माघको पहिलो हप्ताभित्र अथवा ढिलोमा दुई हप्ताभित्रमा वर्षभरी भलमन्साको नेतृत्वमा गाउँमा भए गरेका कामको समीक्षा गर्ने, सार्वजनिक काममा भएको खर्चको हिसाब किताब गर्ने जस्ता काम गरिन्छ ।
‘गुरुवा’ ९वैद्यको काम गर्ने०ले मानिस, गाईवस्तु र अन्न बालीमा देखिने रोगको समस्या समाधान गर्ने जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । ‘चिराकी’ले देवस्थल र घरमा हुने शुभकार्यमा बत्ती बालेर पूजाको काम काम गर्छ । ‘चौकिदार’ले आफ्नो गाउँठाउँमा कुनै कामका लागि भेला बोलाउनुपरेमा गाउँका मान्छेलाई हाँक गर्ने (बोलाउने) काम र ‘अघरिया’ले भलमन्साको सहायकको रुपमा काम गर्नुपर्ने परम्परा छ ।
बडघरले लाए अह्राएका काम गाउँका अन्य सदस्यले मान्नुपर्ने हुन्छ । यस्तो प्रचलनका कारण नै गाउँको अनुशासन कायम हुने र सामूहिकतामा काम गर्ने लामो समयदेखिको प्रचलन थारु गाउँमा रहने गरेको छ ।
यस्तो परम्पराले गाउँको एकता र सामूहिकताको विकास हुने मात्र नभइ गाउँको अनुशासन कायम गर्नमा टेवा पुग्ने गरेको मानबहादुर चौधरी बताउनुहुन्छ । थारु गाउँमा सदियौँदेखि यस्तो प्रचलन रहेकाले नेतृत्वकर्ताको बेग्लै महत्व र सम्मान हुनेगर्छ । कामको मूल्याङ्कनका आधारमा निजलाई पुनः सोही पदको जिम्मेवारी प्रदान गर्ने गरिन्छ ।
समग्र गाउँको संरक्षण गर्ने, विकास निर्माणका काम गर्ने, कुलोपानी, बिजुलीबत्तीको व्यवस्था गर्ने, गाउँघरमा आइपर्ने दुःख सुखमा सामूहिक रुपमा सहयोग गर्ने गराउने जस्ता काम गाउँको नेतृत्वकर्ता ९भलमन्सा० ले गर्ने गर्दछन् । भलमन्साको आदेशमा गाउँका विभिन्न काम गर्न जानुपर्ने कामलाइै ‘बेगारी’ जाने भनिन्छ । बेगारी जान नसक्नेले जरिवाना तिर्नुपर्ने हुन्छ ।
भलमन्सालगायतका पदमा काम गर्दै आएका व्यक्तिको ‘घर फाटे’ मा ९दाजुभाई बीचको अंशवण्डा० निजलाई सकभर उक्त पदको जिम्मेवारीबाट मुक्त गरिन्छ ।
भलमन्सा पदको जिम्मेवारी बहन गर्ने अधिकांशले स्वयंसेवीको रुपमा काम गर्ने गरेका छन् । कतिपय गाउँमा भने यो पदमा बसेर काम गर्नेलाई समुदायको निर्णयअनुसार पारिश्रमिकको रुपमा खाद्यान्न उपलब्ध गराउने गरिन्छ ।
पछिल्ला वर्षमा समुदायमा रहेको सकारात्मक अभ्यास, परम्परा र संस्कृतिको संरक्षणका कामलाई अगाडि बढाउनमा टेवा पु¥याइरहेको यो प्रजातान्त्रिक पद्धतिको बडघर प्रथालाई जीवन्त राख्नुपर्ने आवाज उठ्न थालेको छ ।
भलमन्सा बडघर, गुरुवा, चिराकी, अघरिया जस्ता प्रथा पुस्तान्तरण हुँदै आएपनि कतिपय वस्तीमा भने यसको पुस्तान्तरण हुन नसकिरहेको अनुभव थारु अगुवा मानबहादुर बताउँछन् ।
आफ्नो कार्य क्षेत्रभित्र उत्पन्न हुने झैझगडा अंशवण्डा जग्गाको साँध सिमाना, पानी कुलो, लेनदेनको विवादका विषयमा पीडित पक्षले लिखित वा मौखिक रुपमा आग्रह गरेपछि भलमन्साले बैठक गरी पीडित र पीडक पक्षको जीत जीतको सिद्धान्तअनुसार मिलापत्र गराइदिने परम्परा छ ।
पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा यो समुदायको बसोबास छ । पूर्वी तराईका कतिपय जिल्लामा यो समुदायको बसोवास रहे पनि रहनसहन, वेषभूषा, प्रचलन जिल्ला र ठाउँअनुसार केही फरक देखिन्छ ।
थारुहरुको माघी पर्वलाई लक्षित गरेर प्रदेश सरकारले पुुस २९ गते नै प्रदेशभर सार्बजनिक बिदा दिएको थियो ।
खो खो विश्वकप : नेपालको पुरूष र महिला टोली फाइनलमा प्रवेश
नेपालको पुरूष र महिला टोली भारतमा जारी खो खो विश्वकपको फाइनलमा प्रवेश गरेका छन् । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा नेपाली पुरुष टोलीले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७-१८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो।
नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४-८ र पेरुलाई ८०-३४ लाई र भुटानलाई ९८-८ ले हराएको थियो ।
नेपाली महिला राष्ट्रिय खोखो टोलीले युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९–१८ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालको महिला टोली अपराजित रहँदै फाइनल पुगेको हो ।
महिलातर्फ समूह ‘सी’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलङ्कालाई ११०–१० ले र चौथो खेलमा बङ्गलादेशलाई ८४–२४ ले पराजित गरेको थियो ।
यसैगरी क्वाटरफाइनल खेलमा नेपालले इरानलाई १०३–८ अङ्कको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो ।
यू–१९ विश्वकप स् बङ्गलादेशसँग हार्यो नेपाल
आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ ।
नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बङ्गलादेश १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।
बङ्गलादेशका लागि सादिया इस्लामले २४ बलमा एक चौकाको सहयोगमा १६ रन बनाइन् । सुमैया अत्तरले १२ र अफिया अशिमा इराले नौ रन जोडिन ।
बलिङतर्फ नेपालकी रचना चौधरी, रिया शर्मा, सिमना केसी र पूजा महतोले समान एकरएक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो । नेपालका लागि ओपनर साना प्रविनले ३२ बलमा १९ रन बनाइन् ।
त्यस्तै सिमाना केसीले १० रनको योगदान दिइन् । अन्य नेपाली ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कप्तान पूजा महतो दुई रनमा आउट भइन भने अलिशा यादवले चार रन बनाइन । यसैगरी तिर्सना विक र रचना चौधरीले समान तीनरतीन रन बनाउँदा रिया शर्मा पाँच रनमा नटआउट रहिन् ।
बङ्गलादेशका लागि जनाथन माओलाले दुई विकेट लिइन भने अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एकरएक विकेट लिए ।
नेपालले आफ्नो दोस्रो खेल यही माघ ७ गते स्कटल्यान्डसँग खेल्नेछ ।
प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर–६ मा पुग्न कम्तीमा एउटा खेल जित्नुपर्छ । समूहमा नेपालसँगै बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन् ।
आजै भएको सोही समूहको पहिलो खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले पराजित गरेको छ ।
पाकिस्तानमा सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिए
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिएको सेनाले जनाएको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स ९आईएसपीआर० का अनुसार सुरक्षा बलहरूले आतङ्ककारीहरूको उपस्थितिको सूचनामा प्रान्तको खैबर जिल्लामा अपरेशन सुरु गरेको हो ।
“अपरेशनको सञ्चालनको क्रममा पाँच आतङ्ककारीहरू मारिएका र एकलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।” आईएसपीआरका अनुसार, आतङ्ककारीहरूबाट ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको थियो, जो सुरक्षा बलहरू विरुद्ध आतङ्ककारी गतिविधि र सर्वसाधारणको हत्यामा सक्रिय रूपमा संलग्न थिए ।
यस क्षेत्रबाट अन्य आतङ्ककारीहरूको उपस्थितिलाई हटाउन क्लियरेन्स अपरेसन सञ्चालन भइरहेको बताइएको छ । सेनाले देशबाट आतङ्कवादको खतरा हटाउन प्रतिबद्ध रहेको जनाएको छ ।
