बंगलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अलआउट

२०८१ माघ ५ गते

काठमाडौं । आइसिसी यु–१९ महिला विश्वकप क्रिकेटमा नेपालले बङ्गलादेशलाई ५३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अलआउट हुँदै ५२ रन मात्रै जोड्न सक्यो ।
नेपालका लागि ओपनर साना प्रवीणले सर्वाधिक १९ रन जोडिन् । सिमाना केसीले १० रनको योगदान दिइन् ।
अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका ५ ब्याटर रन आउट भए ।
बङ्गलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिए ।
विश्व कपमा डेब्यु खेल खेल्दै गरेको नेपाल जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छ ।

२०८१ माघ ५ गते
प्रतिक्रिया
सम्बन्धित