अभिनेता सैफ अली खान खतरामुक्त

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानको घरमा बिहीबार चोरी गर्ने क्रममा उनीमाथि चक्कु प्रहार भएको थियो ।

गए राति साढे २ बजे मुम्बईस्थित आफ्नै निवासमा उनलाई ६ पटक चक्कु प्रहार भएको थियो । प्रहारपछि उनका जेठा छोरा इब्राहिम अली खानले अटोरिक्शामा हालेर अस्पताल लगेका थिए ।

हमलापछि सैफलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ । जहाँ उनको सर्जरी भएको छ । चक्कु प्रहार गरिएको चोट मध्य दुइटा चोट गहिरो रहेको डा. निरज उत्तमानीले हिन्दुस्तान टाइम्ससँग भनेका छन् ।

एउटा चोट घाँटीनजिक र अर्को चोट मेरुदण्ड नजिक रहेको उनले बताएका छन्। सैफको उपचारमा तीन जना चिकित्सक खटिएका छन्।

हाल अभिनेता सैफ खतरामुक्त रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनलाई त्यही क्षेत्रबाट पक्राउ गरिएको हो । संदिग्ध व्यक्ति १५ जनवरी बिहान २.३० बजे सैफको घरको छैठौं तलाबाट तल झरेको देखियो ।

यस आक्रमणमा अभिनेताको घाँटी, ढाड, हात र टाउकोसहित ६ स्थानमा छुरा प्रहार गरिएको थियो ।

लिलावती अस्पतालका सीओओ डा नीरज उत्तमानीले सैफको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ पनि निस्किरहेको बताए ।

उनका अनुसार शल्यक्रिया गरेर निकालिएको छ । प्रहरीले चक्कुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

यो घटना सैफ–करीनाका छोराहरू तैमुर र जेहको कोठामा भएको हो । कोठामा उनको हाउसकीपर एरियामा घरेलु कामदार महिला फिलिप उर्फ लिमा उपस्थित थिइन्, जसलाई अज्ञात व्यक्तिले समातेका थिए ।

उनको चिच्याएको आवाज सुनेर सैफ बालबालिकाको कोठामा पुगेका थिए । सैफलाई देख्नेबित्तिकै अज्ञात व्यक्तिले उनीमाथि आक्रमण गर्न थाले। सो क्रममा घाइते भएकी घरेलु कामदार महिलालाई पनि लिलावती अस्पताल लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =