ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको जलेर मृत्यु
२०८१ माघ ४ गते

काठमाडौं । सिन्धुपाल्चोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दोलखाबाट काठमाडौं आउँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको शुक्रबार जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
ठक्करबाट मोटरसाइकल चालक लिसंखु पाखर गाउँपालिका वडा नम्बर ७ का ३७ वर्षिय दावाछिरिङ लामाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं सुचना अधिकारी उमाशंकर यादवले मकालुखबरलाई बताए ।
सुनकोशी गाउँपालिका वडा नम्बर ६ मा मधेस प्रदेश ०३-००२ ख ०५३३४ नम्बरको ट्रकले बागमती प्रदेश ०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रक चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२०८१ माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित








