डा.निकोलश भुषालविरुद्ध साइबर अपराध कसुरमा मुद्दा दर्ता

काठमाडौं । डा.निकोलश भुषालविरुद्ध साइबर अपराध कसुरमा मुद्दा दर्ता भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्बीर खिचेका भुषाल विरुद्ध शुक्रबार जिल्ला अदालत कास्कीमा साइबर अपराध कसुरमा मुद्दा दर्ता भएको हो ।

साइबर अपराध मुद्दामा उनी बिहीबार दोस्रोपटक पक्राउ परेका थिए । यसअघि उनी गत ७ पुसमा पक्राउ परेका थिए । प्रहरी अनुसन्धानका क्रममा थप तथ्य पुष्टि भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अभियोजन पत्र दर्ता गरेको हो ।

‘यी प्रतिवादीले आफूले चलाउने गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजन समेतमा आँच पुर्‍याउने तथा गोपनियता भंग हुने सामाग्री प्रकाशन गरी शान्ति सुरक्षामा समेत प्रभाव पार्ने कार्य गरी विद्युतीय (ईलेक्ट्रोनिक) ऐन अन्तर्गतको कसूर गरेको पुष्टि हुन आएको हुँदा निज प्रतिवादी डा.निकोलश भुषाल भनिने कमल भुषालले उक्त कार्य गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन,२०६३ को दफा ४७ को उपदफा (१) ले निषेधित कसुर गरेको पुष्टि हुन आयो,’ अभियोग पत्रमा उल्लेख छ ।

भुसाललाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eight =