रास्वपाले तोक्यो नयाँ कार्यवाहक प्रवक्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नयाँ कार्यवाहक प्रवक्ता तोकेको छ ।

हाल कार्यवाहकको जिम्मेवारीमा रहेका मनिष झा निजी कार्यमा व्यस्त हुने भएपछि रास्वपाले प्रतिभा रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएको हो ।

रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

रावल रास्वपाकी सह प्रवक्ता समेत हुन् । उनी सभापति रवि लामिछाने निकट हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − five =