माघ ०४ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 
वि.सं माघ ०४, २०८१ ई.सं. 17 Jan, 2025 शक संवत् १९४६ नेपाल संवत् ११४५ पोहेलागा कालयुक्त उत्तरायण शिशिर शुक्रबार माघ कृष्णपक्ष तिथि चतुर्थी ०५:४० बजेसम्म, त्यसपछी पञ्चमी नक्षत्र मघा १३:३१ बजेसम्म, त्यसपछी पूर्वफाल्गुनी योग सौभाग्य ०१:५९ बजेसम्म, त्यसपछी शोभन करण वव १७:०१ बजेसम्म, त्यसपछी वालव ०५:४०बजेसम्म, त्यसपछी कौलव चन्द्रराशि सिंह आनन्दादि योग काण दिनमान १०:३३ सूर्योदय ६:५८ सूर्यास्त १७:३१ काशीमा (भारत) बडागणेशको उत्सब: । 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा काम ढिलो हुदा समस्या बढ्न सक्नेछ। नयाँ योजनाहरूमा धन खर्च हुनेछ। व्यापार व्यवसायमा बातचितको माध्यमबाट आफ्नो काम निकाल्न सक्नुहुनेछ। आय क्षेत्र सामान्य रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। कार्यक्षेत्रमा आम्दानीका स्रोतहरू बन्नेछन्। कार्यको सफलताले नयाँ कार्य गर्न उत्साह जगाउनेछ। भावुकतामा निर्णय नलिनुहोला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) उद्योग व्यापारमा मनग्य लाभ हुनेछ। नयाँ योजनाहरूको सुरुवात लाभदायी रहनेछ। कार्यक्षेत्रमा लगनशीलताले कार्य गर्नुहोस्। आलस्य नगर्नुहोस्। आज व्यापार तलमाथि हुनसक्छ , धैर्य राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नोकरी वा पेशामा अधिकारीहरूसँग मनमुटाव हुने सम्भावना रहेको छ। युवा छात्र छात्राहरूलाई पारिवारिक पाबन्धीले मनमा आक्रोश रहनेछ। पौष्टिक भोजनको सेवन गर्नुहोस् रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आध्यात्मिक चेतनाको विकास हुनेछ। कार्यक्षेत्रमा खुट्टा तान्नेहरूबाट जोगीनुहोस्। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। सवारी साधनमा धन खर्चका योग छन्। निर्धारित योजनाहरू समयमा पूर्ण हुनेछन्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक दायित्व निर्वहनमा बाधा आउनेछ। प्रशासनिक क्षेत्रमा सोचे अनुरूप कार्य नहोला। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। अरुको लागि बुद्धि र बल खर्च गर्नुपर्ला। व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नोकरी वा पेशामा प्रतिभाको उचित मूल्यांकन हुनेछ। विशिष्ट व्यक्तिको सहयोगले अप्ठ्यारो कार्य सम्पादन हुनेछ। शेयर बजारबाट मनग्य लाभ मिल्ला। आयआर्जनका नयाँ स्रोतहरू खुल्नेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। पिताको साथ मिल्ला। आकस्मिक धन लाभको योग बनिरहेको छ। व्यापार व्यवसायमा कुनै निर्णय लिनुभन्दा अघि घरपरिवारमा सल्लाह लिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्वकांक्षी कार्य प्रारम्भ गर्ने समय रहेको छ। उद्योग व्यापारबाट लाभ मिल्नेछ। सांस्कृतिक वा सामाजिक क्षेत्रमा मान सम्मान बढ्नेछ। मन परेको स्थानमा भ्रमणको सुखद आनन्द मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा समयमा कार्यसम्पादन नहुनाले मनमा भय रहनेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहेको छ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। स्वाभिमानको लागि संघर्ष गर्नुपर्ला। सवारी साधन चलाउँदा सावधानीको ध्यान राख्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दिन सामान्य रहेको छ। साझेदारी व्यापारबाट लाभ मिल्नुको साथै जीवनसाथीको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि जानकारको सल्लाह लिनुहोला। लेखन कलामा निखारता आउनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नोकरी वा पेशामा मेहनतको उचित मूल्यांकन मिल्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। मित्रको माध्यमबाट रोकिएको कार्य प्रारम्भ हुनेछ। सकरात्मक सोचले अगाडि बढ्नुहोस् दिन राम्रो रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =