डस्टबिनभित्र शिशुको शव फेला, तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीले थाल्यो अनुसन्धान

काठमाडौं । प्यूठानमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ । जिल्लाको सरुमारानी गाउँपालिका-२ दर्भानमा बिहीबार बिहान फोहोर संकलनका लागि राखिएको डस्टबिनमा शिशुको शव फेला परेको हो ।

स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको नवजात शिशुको शवबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुरसहितको टोली पुगेर अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक केशव केसीले शिशुको शवबारे अनुसन्धान सुरु गरिएको बताए । भैरहवाबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =