प्रधानमन्त्री ओली पोखरामा

गण्डकी । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज अपाह्न गण्डकी प्रदेशको राजधानी पोखरा पुगेका छन् ।

प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरूले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली प्रतिष्ठानका कुलपति हुन् । प्रतिष्ठानबाट आज ४३ जना दीक्षित हुँदै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + one =