न्यायाधीश चढेको कार दुर्घटना
२०८१ माघ १ गते

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश चढेको कार दुर्घटनामा परेको छ । न्यायाधीश नारायणप्रसाद रेग्मी चढेको बीएबी ७१४६ नम्बरको कार सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाह खण्डको जंगलमा मंगलबार साँझ दुर्घटनामा परेको हो ।
दुर्घटनामा ५४ वर्षीय न्यायाधीश रेग्मी सहित इलामको देउमाई नगरपालिका–४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएका छन् । दुर्घटनामा घाइते भएका दुवै जनाको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते रेग्मीको अवस्था मध्यम छ भने खनालको अवस्था गम्भीर छ । कारमा चालकसहित ५ जना सवार थिए ।
काठमाडौंबाट विराटनगर आउँदै गरेको कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
२०८१ माघ १ गते
प्रतिक्रिया
सम्बन्धित








