मन्त्रिपरिषद् बैठक निर्णय
पाँच जना बरिष्ठ उपरीक्षक डीआईजीमा बढुवा
२०८१ पुस २८ गते

काठमाडौं । नेपाल प्रहरीका पाँच जना बरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच जना एसएसपीलाई डीआईजी बढुवा गर्ने निर्णय गरेको हो । ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया बढुवा भएका हुन् ।
चार जना डीआईको बढुवा र एक जना अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा उनीहरूको बढुवा भएको हो ।
२०८१ पुस २८ गते
प्रतिक्रिया
सम्बन्धित








