गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्यु
२०८१ पुस २८ गते

फाइल तस्वीर ।
जेरुसेलम । उत्तरी गाजा पट्टीमा चार इजरायली सैनिकको मृत्यु भएको इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
जरायलको सरकारी स्वामित्वमा रहेको कान टिभी न्युजले बेइट हानौन सहरमा सैन्य गाडीमा सवार हुने क्रममा तीन लडाकु र एक सैनिक चालकको मृत्यु भएको जनाएको छ ।
सेनाका अनुसार घटनामा एक ब्रिगेड अधिकृत र एक सैनिक पनि गम्भीर घाइते भएका छन् । कानले पानी परिरहेको बेला उक्त घटना भएको जनाएको छ । आईडीएफले लडाकुहरूले एकैसाथ गोली चलाएको हो कि भनेर अनुसन्धान गरिरहेको छ ।
२०८१ पुस २८ गते
प्रतिक्रिया
सम्बन्धित








