कसैले भन्दैमा सरकार दायाँ-बायाँ हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कसैले भन्दैमा सरकार दायाँ बायाँ नहुने बताएका छन् ।

फुटवेयर म्यान्रुफ्याक्वरर्स एशोसिएसन अफ नेपालको २३ औं वार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले कसैले भन्दैमा सरकार दायाँ–बायाँ नहुने बताएका हुन् ।

‘काहीं कसैले दायाँ(बायाँ केही भनेर हुँदैन, भोट हाल्ने हामीले हो, यो सरकार केही हुँदैन, अब तीन वर्ष कांग्रेस एमालेको सरकार चल्छ’, थापाले भने ।

कुनै पनि सरकार कति बलियो छ भन्ने कुरा उसले गर्ने कामले प्रमाणित गर्ने उनले बताए । प्रतिनिधि सभामा बहुमत नजुटाई सरकार नबन्ने भएकाले सबै सरकार बलिया हुने भए पनि उनीहरूले गरेका कामले बलिया र कमजोर प्रमाणित हुने बताए ।

नागरिकले प्राप्त गर्ने लाभले मात्र सरकार बलियो हुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =