ज्योती मगरको प्रश्न : ‘मलाई बिस्ताराले पोल्यो’लाई संस्कृति भड्काउने भन्ने ‘म त ढले ढले’को पार्टीमा किन ?

काठमाडौं । लोकदोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर ‘म त ढले ढले’ गीतको सक्सेस पार्टीमा सहभागी भएपछि गायिका ज्योति मगरले प्रश्न उठाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रश्न भनेकी छन्, ‘काले के-के बोल्यो मलाई बिस्ताराले पोल्यो’ गीतलाई संस्कृति भड्काउने गीत भन्दै उफ्रने लोक तथा दोहोरी गीत प्रतिष्ठान ‘मलाई पल्ला घरे साइलाले… म त ढले ढले’ गीतको सक्सेस पाटीमा केक काट्नु लाई तपाईं के भन्नू हुन्छ ?’

गीतको सफलतापछि निर्माण टिमले आयोजना गरेको सक्सेस पार्टीमा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर सहभागी भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =