भाउजुलाई गर्भवती बनाएर देवर फरार, ६ महिनापछि बाहिरियो घटना
२०८१ पुस १८ गते

प्रतिकात्मक तस्विर
काठमाडौं । बैतडी जिल्लाको सिगास गाउँपालिकामा २४ वर्षीया महिलामाथि बलात्कार भएको घटना ६ महिनापछि मात्र सार्वजनिक भएको छ । पीडित महिला गर्भवती भएपछि घटना सार्वजनिक भएको हो ।
घटनाका आरोपित देवर नाता पर्ने २६ वर्षीय अर्जुनसिंह धामी गत असार १७ गते राति पीडितमाथि बलात्कार गरी फरार भएको जनाइएको छ । घटना बाहिर आउनुमा मुख्य कारण पीडित महिलाले केही दिनअघि इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दर्ता गर्नु हो ।
जाहेरीपछि पीडित महिलाको पेटमा ६ महिनाको गर्भ रहेको तथ्यसमेत खुलेको छ । पीडित महिलालाई हाल पाटनस्थित महिला सुरक्षित आवास गृहमा संरक्षणमा राखिएको छ । घटनाका बेला भारतमा रोजगारीमा रहेका महिलाका श्रीमान् पनि यो खबरपछि घर फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ ।
२०८१ पुस १८ गते
प्रतिक्रिया
सम्बन्धित








