ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरु
२०८१ पुस १५ गते

काठमाडौँ । काठमाडौंको ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरु भएको छ ।
सोमवारदेखि प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरु भएको हो । प्रदर्शनी आगामी एक हप्तासम्म चल्नेछ । कलाकार विभूषण नवीन ताम्राकारले पुराना सङ्ग्रहालयहरूको संरक्षण गर्ने उद्देश्यले सिसी कला प्रदर्शनी आयोजना गरिएको बताए ।
उनले यो प्रदर्शनी आगामी २० गतेसम्म चल्ने बताए । उनले सिसीका कलाहरू प्रदर्शनीमा ४५ वटा राखिएको बताए । उनले मेलामा पाँचतले मन्दिर, पशुपति, जानकी मन्दिर, तलेजु भवानी र काष्ठमण्डपको कला प्रदर्शनीमा राखिएको बताए ।
उनले मुलुकभित्र नै नयाँ सिर्जना र कला भएको मानिसले केही गर्नसक्ने वातावरण रहेको बताए । उनले कलाकारहरूलाई समाजले हेर्दा नराम्रो दृष्टिकोणले हर्ने गरिएको बताए ।
२०८१ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








