सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मुलुका सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मन्त्रालयमा शुक्रवार आयोजित एक कार्यक्रममा मन्त्री यादवले नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रहरूमा अहिले पनि नागरिकले पिठ्युँमा खानेपानी बोक्नुपर्ने बाध्यता रहेकाले त्यसको अन्त्य गर्न सरकारले योजना बनाएर कार्यान्वय गर्ने बताए । उनले खानेपानीको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे ।

मन्त्री यादवले भने,“मुलुकको ग्रामीण बस्तीमा अहिले पनि स्वच्छ खानेपानीको समस्या छ, नागरिकले पिठ्युँमा खानेपानी बोकेर प्रयोग गरिरहनुभएको छ । सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन मन्त्रालयले योजनाबद्ध रूपमा ठोस कदम चाल्नेछ । पिठ्युँमा खानेपानी बोक्नुपर्ने बाध्यता अन्त्य गरेरै छाड्छु ।”

मन्त्री यादवले देशका अधिकांश ठाउँमा अहिले पनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नागरिकमाझ स्वच्छ, सफा खानेपानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

जलस्रोतको क्षेत्रमा धनी मुलुक हुँदाहुँदै पनि यहाँका नागरिकले पानीका लागि आन्दोलन गर्नुपर्ने आफैँमा दुःख कुरा हो । वर्तमान सरकारले यो समस्या समाधान गर्नेछ”, उनले भने ।

खानेपानीको समस्या बुझी समाधानका उपाय पहिचान गर्न केही दिन पहिले तराई, पहाडी र हिमाली क्षेत्रमा गई स्थलगत अनुगमन गरेर फर्किएकाले तत्काल योजना बनाएर कार्यान्वयन गरी आफ्नै कार्यकालमा विद्यामान समस्या समाधान गर्न दीर्घकालीन रूपमा समस्या समाप्त गर्ने मन्त्री यादवले दाबी गरे ।

उनले भने,“जलवायु परिर्वतनले तराईमा पानी सुक्दै गएको छ, पहाड र हिमाली क्षेत्रमा पनि जलवायु परिर्वतनको असर देखिन थालेको छ । खानेपानीको समस्या समाधन गर्नुवर्तमान समयमा गर्न निकै चुनौतीपूर्ण रहे पनि समाधान गर्ने प्रतिबद्धता जनाउछु ।” खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था गरी दीर्घकालीन रूपमा समस्या अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fourteen =