‘विश्वविद्यालयको गुणस्तर वृद्धि गरी अन्तर्राष्ट्रियस्तरको बनाइने’

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको गुणस्तर वृद्धि गरी अन्तर्राष्ट्रियस्तरको बनाइने रणनीति लिइएको छ । विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा.सुवासश्री पोखरेलले आफूले तयार पारेको रणनीति पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

उपकुलपति डा.पोखरेलले आफ्नो दोस्रो चारवर्षे कार्यकालमा ‘मिसन–२०८५’ का बारेमा आफ्ना मातहतका कर्मचारी तथा पदाधिकारीलाई आज जानकारी दिँदै विश्वविद्यालयको उक्त राणनीति सफल बनाउन सबैको साथ र सहयोग आवश्यक भएको उल्लेख गरे ।

उनले पहिलो चारवर्षे कार्यकालमा विश्वविद्यालयले चार विषयमा स्नातक र दुई विषयमा स्नातकोत्तर कक्षा सञ्चालन गरेको तर त्यो पर्याप्त नभएकाले थप पाठ्यक्रम निर्माण गरेर विभित्र विषयमा विद्यावारिधीसम्म पठनपाठन गराउने रणनीति तयार गरेको बताए ।

उपकुलपति डा.पोखरेलका अनुसार मिसन–२०८५ रणनीतिभित्र अत्यावश्यक मुख्य १८ कार्यभार रहेका छन् । जसमा जम्मा एक सय आठ काम सम्पत्र गर्नुपर्नेछ । तयार पारिएको रणनीतिक प्रतिवेदनअनुसार आगामी दिनमा थप १८ पाठ्यक्रम निर्माण गर्नुपर्नेछ । पाठ्यक्रम निर्माणपछि पाँच विषयमा विद्यावारिधी र १० विषयमा स्नतकोत्तर तथा १२ विषयमा स्नातक तहका कक्षा सञ्चालन गरिनेछन् ।

यसैगरी, विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउन विभित्र १८ ल्याब निर्माण गरिने छन् । मिसन २०८५ सम्ममा विश्वका १८ विश्वविद्यालयसँग एमओयू गर्ने योजनासहित दक्ष विद्यार्थी उत्पादन गर्न विभित्र देशबाट कम्तीमा एउटा विषयमा एउटा विदेशी विज्ञ शिक्षक ल्याइने छ ।

उक्त मिसनका लागि आवश्यक १८ कार्यभार पूरा गर्न रु २० अर्बभन्दा बढी बजेट आवश्यक पर्ने भएकाले त्यसका लागि कोशी प्रदेश सरकार, सङ्खीय सरकार, अनुदान आयोगदेखि विभित्र नियोगसँग सहयोग सम्झौता गर्ने विश्वविद्यालयको योजना रहेको छ ।

उपकुलपति डा.पोखरेलले भने,“हामीले धेरै अनुसन्धानका लागि विभिन्न दातृनिकायसँग सम्झौता गरिसकेका छौँ ।” कोशी प्रदेश सरकारले पनि विश्वविद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

मोरङको बूढीगङ्गा गाउँपालिका–४ हात्तीमुढामा केन्द्रीय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा हालसम्म ‘इन्जिनियरिङ’ , ‘मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेज’ ‘स्कुल अफ एप्लाइड साइन्स, टेक्नोलोजी एन्ड ल’रहेका छन् ।

जसमा सिभिल र इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स स्नातक, औषधि विज्ञान (फार्मेसी) स्नातक,अस्पताल म्यानेजमेन्ट स्नातकोत्तर र कानुनमा स्नातक र स्नातकोत्तरको पठनपाठन भइरहेको छ ।

यसबाहेक तीनवर्षे डिप्लोमा तहमा आठवटा विषयमा विभित्र प्राविधिक विषयमा पढाइ भइरहेको छ । करिब २१ बिगाहा क्षेत्रफलमा फैलिएको यो विश्वविद्यालयको आफ्नो भौतिक संरचना रु ३० अर्बभन्दा बढीको रहेको छ ।

यसबाहेक विश्वविद्यालयको आफ्नै अनुसन्धान केन्द्र, आधुनिक विषयगत ल्याब, पुस्तकालयलगायत सञ्चालनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − twelve =