वेद इन्टरनेशनल एजुकेशनद्वारा १४औँ वार्षिक उत्सवको अवसरमा ‘एजुकेसन फेयर’ आयोजना

काठमाडौँ । वैदेशिक शिक्षा अध्ययनका लागि निरन्तर क्रियाशील शैक्षिक परामर्श संस्था वेद इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले एजुकेसन फेयरको आयोजना गरेको छ ।
बिहीबार आफ्नो १४ औँ वार्षिक उत्सवको अवसरमा वेद इन्टरनेशनल एजुकेशनले उक्त फेयरको आयोजना गरेको हो ।
उक्त फेयरमा ४ सय भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए । फेयरमा युके, युएसए, क्यानडा र अस्ट्रेलिया गरि ४ देशका विश्वविद्यालय प्रतिनिधिहरू प्रत्यक्ष रुपमा उपस्थित भएर विद्यार्थीहरूलाई परामर्श दिएका थिए ।
आफ्नो गौरवमय १४ वर्ष पुरा गरेको अवसरमा वेद इन्टरनेशनलले वैदेशिक अध्ययनका लागि गएका विद्यार्थीका अभिभावकहरूसँग संवाद समेत गरेको छ । कार्यक्रमका अन्त्यमा भने ४ जना अभिभावकलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको वेद इन्टरनेशनले जनाएको छ ।
यस अभियान अन्तर्गत सबै विद्यार्थीहरूको लागि निःशुल्क मक टेस्ट परीक्षणको व्यवस्था गरेको थियो । साथै अहिले आईईएलटीएस कक्षा लिइरहेका विद्यार्थीहरूका लागि ४ ओटा निः शुल्क मक टेस्ट गरेको वेद इन्टरनेशनलले जनाएको छ ।
वेद इन्टरनेशनलले फोर फन गतिविधिहरू सञ्चालन गर्नुका साथै फोर गेम पुरस्कारहरूको पनि व्यवस्था गरेको थियो । जसमा बन्जी जम्प, चितवन र सौराहाको लागि उडान टिकटहरू, जिप लाइन टिकट र परिवारको लागि चलचित्र टिकट प्रदान गरिएको छ ।
वेद इन्टरनेशनलले १४औ वार्षिक उत्सवको अवसरमा निःशुल्क आईईएलटीएस तयारी कक्षाहरूको पानी व्यवस्था गरेको जनाएको छ ।
वि.सं २०१० साल देखी वेद इन्टरनेशनलले विभिन्न गन्तव्यहरूमा नेपाली विद्यार्थीलाई अध्ययनको लागि पठाउँदै आइरहेको छ । साथै आईईएलटीएस तयारी कक्षाहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।








