रुखको हाँगा लागेर ५२ वर्षीय प्रजाको मृत्यु
२०८१ पुस ७ गते

सांकेतिक तस्बिर
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सिमलडाँडामा रुखको हाँगा लागेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय जङ्गलमा पानीको कुलो खन्ने क्रममा एक्कासि सिमलको रुखको हाँगा भाँचिएर लाग्दा आज ५२ वर्षीय महादेव प्रजाको मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।
सोही गाउँपालिका–५ ठाडे गाउँमा बस्दै आएका प्रजाको घटनास्थलमै मृत्यु भएको हो ।
२०८१ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित








