पूर्वराष्ट्रपति भण्डारीद्वारा आलमदेवी मन्दिरमा पूजाआजा,गाउँपालिकाबाट सम्मान
२०८१ पुस ५ गते

स्याङ्जा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल आलमदेवी मन्दिरमा पूजाआजा गरेकी छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-३ लसर्घामा अवस्थित मन्दिरमा उहाँले आज वैद्धिक विधिपूर्वक पूजाआजा गरेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले मन्दिरमा पूजाआजाका साथै यहाँको वस्तुस्थिति अवलोकन गर्नुभएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पृथ थापाले जानकारी दिइन् ।
उनलाई कालीगण्डकी गाउँपालिकाले मन्दिर परिसरमै स्वागत तथा सम्मान गरेको थियो । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले पूर्वराष्ट्रपतिलाई स्वागत गर्न पाउँदा गौरवबोध भएको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले आलमदेवी आउने आफ्नो इच्छा पूरा भएको बताउनुभयो । यहाँका नागरिकले गरेको माया र स्नेहलाई कहिल्यै नभुल्ने उनको भनाइ छ ।
२०८१ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित








