मकालु खबर दिनभर : यी हुन् आजका २० प्रमुख समाचारहरु

स्वदेशी खेलाडीले राम्रो रन बनाउन नसक्दा दबाब भयो– पोखराका दिलीप नाथ
पोखरा एभेन्जर्सका दिलीप नाथले घरेलु खेलाडीले राम्रो रन बनाउन नसक्दा नै टोली अहिले यो अवस्थामा आएको बताएका छन् ।
काठमाडौँ गुर्खाजसँग पराजित भएपछि पोखराका ब्याटर दिलीपले कुनै स्वदेशी राम्रो ठुलो स्कोर बनाउन सकेको भए टोलीको आत्मविश्वास बढ्ने र यो स्थितिमा नहुने विश्वास व्यक्त गरेका हुन् । बिहानको कन्डिसनमा ब्याटिङ गर्न सहज नहुने र योगफल थोरै बढाउन सकेको भए पनि नतिजा फरक हुने उनी बताउँछन् । उनले पिचमा पहिलेभन्दा सुधार भएको र त्यसमा आफूले पनि राम्रो फिनिस गर्न नसकेको बताए । लिगको अन्तिम खेलमा जित निकाले अझै अवसर रहेको र त्यसमा राम्रो हुने उनको विश्वास छ ।
काठमाडौँ गुर्खाजका जेरार्ड इरासमसले प्लेअफमा उत्कृष्ट प्रदर्शन गर्ने उल्लेख गरे । कुनै पनि विदेशी खेलाडीका लागि नयाँ पिचमा खेल्न सहज नभएको तर अहिले लयमा आएको उनको भनाइ छ । विदेशी खेलाडी नचल्दा ब्याटिङमा पनि समस्या भएको उनले उल्लेख गरे । उनले पोखराविरुद्ध सामान्य लक्ष्य रहेको र यस्तोमा पनि राम्रो स्थिति नपुगेसम्म सम्हालिएर खेलेको बताए ।
सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक छिटै ल्याउँछ: सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियामा देखा परेको अराजकतालाई नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताउनुभएको छ ।
शनिवार काठमाडौँमा नेपाल आर्थिक पत्रकार संघको १५ औँ साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रिन्ट मिडिया र बोर्ड कास्टिङ मिडियाले राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचनाहरू, जनताको सूचनाको प्रत्याभूति गरिरहेको भए पनि अनलाइन मिडियाहरूले अराजकता मच्चाउने काम गरिरहेको बताउनु भयो । उहाँले संस्कृतिमाथि प्रहार गरेर समाजमा हिंसा भड्काउने काममा अनलाइन मिडिया लागेकाले यसको नियमन अहिलेको पहिलो आवश्यकता भएको बताउनु भयो । अनलाइन मिडियाको अराजकताका कारण राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको बताउनु भयो । उहाँले अनलाइन मिडियाहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता भत्काउने काम गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मलाई एउटा चिजले धेरै सताइरहेको छ । हामीलाई प्रिन्ट मिडियाले कुनै प्रोब्लम पारेको छैन । बोर्ड कास्टिङ मिडियाले पनि कुनै प्रोब्लम पारेको छैन । राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचनाहरू, जनताको सूचनाको प्रत्याभूति गर्दै जेजे कुराहरू गरिरहेको छ, त्यसमा हाम्रो कुनै ठुलो गुनासो, आलोचना र टिप्पणी छैन । तर आलोचना र टिप्पणी त कहाँनेर छ भने अनलाइन मिडिया, इन्टरनेट मिडिया जेजे भन्छौँ हामी, त्यो मिडियामा देखा परेको जुन खालको अराजकता अनुशासनहीनता छ, त्यसको नियमन आज सबैभन्दा जरुरी देखिन्छ । त्यसले गर्दा हाम्रो राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठिरहेको हुन्छ, राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको हुन्छ, हाम्रो जस्तो सामाजिक संरचना भएको मुलुकमा जुन खालको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता छ, त्यसका माध्यमबाट बारम्बार भत्काउने प्रयत्न भइरहेको देखिन्छ । हाम्रो समाजको जुन सांस्कृतिक चरित्र छ, हामीले सोसल मिडिया प्रयोग सञ्चालन र यसलाई नियमन गर्ने विधेयक क्याबिनेटले पास गरिसकेको छ, संसद् नभएकाले अड्किएको छ । मेरो त आग्रह छ, प्रधानमन्त्रीसँग बारम्बार भनेको छु, अहिले अध्यादेशबाट ल्याइहालौँ । सांसदबाट संसद् चलेपछि पास गरौँला । आजको आजै नियमन थाल्नुपर्छ । साइबर क्राइम नियमन गर्ने खालको ऐन पनि छैन । साइबर क्राइमलाई नियन्त्रण गर्ने ऐन आज सबैभन्दा बढी चाहिएको छ ।’
मन्त्री गुरुङले साइबर क्राइम नियमन गर्ने ऐन पनि ड्राफ्ट भइरहेको र छिटै मन्त्रीपरिषद्बाट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।
सरकार र राष्ट्र बैंकले समन्वय गरेर निर्माण कम्पनीलाई भुक्तानी गर्नुपर्छ: अध्यक्ष सिंह
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकार र राष्ट्र बैंकले समन्वय गरेर निर्माण कम्पनीलाई भुक्तानीको व्यवस्था गर्न माग गर्नुभएको छ ।
शनिवार काठमाडौँमा नेपाल आर्थिक पत्रकार संघको १५ औँ साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मंसिरपछि ९० प्रतिशत भन्दा बढी निर्माण व्यवसायीहरू धराशायी हुने बताउनु भयो । उहाँले सरकारले त्यो अगाडि नै राष्ट्र बैंकसँग समन्वय गरेर समस्या समाधान गर्न माग गर्नुभयो । उहाँले म्याद थप गरेर मात्रै निर्माण व्यवसायीहरूका समस्या समाधान नहुने भन्दै मुलुकको अर्थतन्त्र सहज र चलायमान बनाउनका लागि सरकारले पहल गर्नुपर्ने बताउनु भयो । मुलुकको निर्माण क्षेत्र, उद्योगलाई चलायमान गर्ने काम सरकारबाट हुन नसकेको आरोप लगाउनु भयो । उहाँले किस्ता नतिरेका कारण बैंकबाट थप कारोबार गर्न नपाएकाले एलसीहरु सहज खोलिदिन माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘निर्माण क्षेत्रमा जुन सकस छ, धराशायी हुने काम भइरहेको छ । हिजोको दिनमा मौद्रिक नीति ल्याउँदै गर्दा राष्ट्र बैंकले के कति कारणले निर्माण क्षेत्र समस्याग्रस्त छ, यसलाई सम्बोधन गर्न हामीले माग गरेका थियौँ, असोजसम्म ब्याज तिर्ने समय र किस्ता तिर्ने समय प्रदान गर्नुप¥यो भनेर माग गर्दैगर्दा राष्ट्र बैंकले सरकारसँग समन्वय गरेर उहाँहरूले थप दुई महिना मंसिरसम्मको समय दिनुभयो । त्यसपछि उहाँहरूको दायित्व के हो ? त्यो म्याद थप गरेर मात्रै हामीलाई सहज हुन्छ र ? मुलुककको अर्थतन्त्र सहज हुन्छ र ? हामीले राष्ट्र बैंकले दिएको त्यो सुविधाबाट बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो ब्यालेन्ससिटलाई सहज बनाउने काम त भएको छ तर मुलुकको अर्थतन्त्र चलायमान गर्ने काम, मुलुकको निर्माण क्षेत्र, उद्योगलाई चलायमान गर्ने काम पटक्कै पनि भएको छैन । मैले अर्थमन्त्रीलाई निर्माण व्यवसायीहरूलाई मंसिरसम्म ऋण तिर्ने भाका मात्रै सारिदिनुभयो तर त्यसले हामी निर्माण क्षेत्रलाई अघि बढाउन सकेनौँ भनेको छु ।
किस्ता नतिरेका कारण हामीले थप कारोबार गर्न पाएनौँ । हामीले सहज कारोबार गर्न त एलसीहरु सहज रूपमा खोलिनु पर्दथ्यो । मंसिरपछि निर्माण क्षेत्रलाई धराशायी गर्न खोजेको हो ? मंसिरपछि ९० प्रतिशत भन्दा बढी निर्माण व्यवसायीहरू डिफल्ट हुन्छन् । यसको निराकरण समय थप गरेर होइन, मुलुकको अर्थतन्त्र चलायमान गर्न, अर्थ मन्त्रालय, राष्ट्र बैंक, सरकारले समन्वय गरेर हामी निर्माण कम्पनीलाई भुक्तानीको व्यवस्था गर्नुपर्छ । साढे ६ खर्बका श्रोत बिनाका योजनालाई पुनः प्राथमीकिकरण गरेर हाम्रो सुझावअनुसार एक खर्बभित्रमा ती योजनाहरू समायोजन नगरेसम्म नेपालमा विकास निर्माणको काम चलायमान हुँदैन ।’
उहाँले साढे ६ खर्बका श्रोत बिनाका योजनालाई पुनः प्राथमीकिकरण गरेर र एक खर्बभित्रमा उक्त योजनाहरू समायोजन नगरेसम्म नेपालमा विकास निर्माणको काम चलायमान हुन नसक्ने जिकिर गर्नुभयो ।
संविधान संशोधन गर्ने समय भएको छैन: पूर्वप्रधानन्यायाधीश कार्की
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय नभएको बताउनुभएको छ ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान संशोधन गर्नै नहुने भन्ने नभएको तर ९ वर्षमै संविधान संशोधन गर्ने बेला नभएको बताउनु भयो । उहाँले संविधान संशोधनको बेला नभई उपयोगको बेला भएको बताउनु भयो । अहिलेको संविधानले देश विकास नभएको भए अन्य कुनै पनि संविधानले देश विकास गर्न नसक्ने बताउनु भयो । उहाँले वर्तमान संविधानमा भाषा नमिलेको देखिए पनि सुरुदेखि अन्त्यसम्म सबै कुराले छोएको बताउनु भयो । शासक वर्गको नियति ठिक भए अहिलेकै संविधान राम्रो भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संविधानको संशोधन नहुने भन्ने होइन, संविधानको संशोधन हुनुपर्छ । तर मेरो विचारमा भर्खर ९ वर्ष भएको छ । जब अरू मुलुकमा सयौँ वर्षसम्म संशोधन हुँदैन भने यसको राम्रो प्रयोग नभई कन, उपयोग नभई कन संशोधन हुनुपर्ने आवाज आइरहेको छ । त्यो हुनु हुँदैन । यो संविधानलाई खराब भन्न मिल्दैन, यो नराम्रो भन्नु जनतालाई गाली गर्नु हो । नेपालको सम्पूर्ण जनताको ६ सय प्रतिनिधिहरूले बसेर छलफल गरेर सबै तप्काका मानिस, राजनीतिज्ञ, अन्य प्रतिनिधित्व गर्ने वर्गका सबै भेला भएर बनाएको हो । हालाकी हामी कानुन पढेका मान्छेहरूले हेर्दा यो संविधानमा भाषा मिलेको देखिँदैन । क्रमबद्धमा फरक छ । सुरुदेखि अन्त्यसम्म कुरा पुगेको छ ।’
पूर्वन्यायाधीश कार्कीले संविधान आफैँमा पूरा कहिले पनि नहुने बताउनु भयो । उहाँले शासकलाई राम्रो काम गर्न संविधान बाधक नभएको बताउनु भयो । उहाँले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानव अधिकारको उल्लङ्घन भएको बताउनु भयो ।
युवाहरूमा देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्छ: अध्यक्ष अन्सारी
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले युवाहरूमा सिंगो देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्ने बताउनुभएको छ ।
शनिवार काठमाडौँमा शैक्षिक सहयोग कार्यक्रममा बाल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको पुस्तामा आफ्नो लागि मात्रै नभई देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्ने बताउनु भयो । उहाँले युवाहरूको सोचमा केही गरौँ भन्ने भावनामा वृद्धि हुनुपर्ने बताउनु भयो । उहाँले आयोगले मुस्लिम समुदायका युवाहरूका लागि लोकसेवा तयारीको समेत व्यवस्था गरेको भए पनि विद्यार्थी बिचमै छाडेर जाने स्थितिको अन्त्य गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आजको युवा युवतीहरूको सोचमा अझ वृद्धि हुनुपर्छ । हामी आफ्नो मात्रै होइन, सिंगो देशवासीको लागि केही गरौँ भन्ने भावना बोक्नुपर्छ । लोकसेवा तयारी कक्षा पनि आायेगकै खर्चमा गराउँदै आएको थिएँ । तर मलाई दुःख पनि के लाग्यो भने आयोगले त्यत्रो पहल गर्दागर्दा, आर्थिक रूपमा आयोगले सहयोग गर्दैगर्दा पनि हाम्रा केही विद्यार्थी शुरुमा सहभागी हुने र पछि उपस्थित नहुने स्थिति देखियो । त्यो सिभिल सर्भिसमा सहभागी हुनको लागि हो । अहिले धेरै क्षेत्रमा युवाहरू देखिएको छ । तर निजामती सेवामा पनि मुस्लिम समुदायका युवाहरूको उपस्थिति देखिए राम्रो हुन्थ्यो । त्यसले सिंगो समाज र देशलाई फाइदा पुग्छ ।’
अध्यक्ष अन्सारीले निजामती सेवामा पनि मुस्लिम समुदायका युवाहरूको उपस्थिति कमजोर रहेको बताउनु भयो ।
बहुलवादी संस्कृतिलाई निषेध गर्ने उद्देश्यले संविधान संशोधन गर्न लागिएको होइन: सांसद साउद
नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले बहुलवादी संस्कृतिलाई निषेध गर्ने उद्देश्यबाट संविधान संशोधन गर्न लागिएको भ्रम फैल्याइएको बताउनुभएको छ ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनै पनि ठाउँमा दुई दलीय शासन स्थापित गर्ने वा ज्यादा दल र विचार समाजमा आउने बहुलवादी संस्कृतिलाई कुनै पनि किसिमले निषेध गर्ने उद्देश्य अहिलेको मोर्डन प्रजातन्त्रमा कसैको पनि नहुने स्पष्ट पार्नुभयो । उहाँले अहिले सरकार संविधान संशोधनको प्रक्रियामा रहेको र सरकार पश्चगामी बाटोतिर नजाने बताउनु भयो । उहाँले २०/२५ हजार भोटले एक सांसद हुने, दलहरू थरीथरी खुल्ने, मिश्रित निर्वाचन पद्धतिले एकल दलको बहुमत आउने सम्भावना नहुने, साना साना एक दल, दुई दल, तीन दल हुँदाहुँदा २५ सिट पाउने दलसँग पनि प्रत्यक्षमा एक सिट जित्ने हैसियत नहुने स्थिति रहेकाले कुनै न कुनै रूपमा त्यसलाई समाधान गर्नुपर्नेमा राष्ट्रिय सहमति बनेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब हामी संविधान संशोधनको प्रक्रियामा छौँ । संविधान संशोधनको प्रक्रियामा हामी अगाडि बढिरहेको बेलामा हामीले अब पश्चगामी भन्ने बाटोतिर कसैले पनि जान सक्दैन । लेफ्टहरुबाट बहस आएको म सुन्छु, दुई दलीय बन्यो, अर्को दलीय बन्यो । कम्युनिष्टहरु त एकदलीय शासन व्यवस्थालाई विश्वास गर्ने हुन् । तर उहाँहरूले बहुदलीय शासन व्यवस्थाको पैरवी गरेको सुन्दा मलाई चाहीँ बहुत सन्तुष्टि मिलेको छ । दुई दलीय कसैले बनाउन खोजेको छ भन्ने कुरा बिल्कुलै होइन । कहिले कहीँ थ्रेस होल्डको कुराले दुई दलीयलाई प्रमोट गर्ने बाटोमा अघि बढ्छ की भन्ने, हामीले पुरानो अभ्यासबाटै हामी पनि संसदमा हुँदै धेरै छलफल र बहस भइसकेपछि अब २०÷२५ हजार भोटले एक सांसद हुने, दलहरू थरीथरी खुल्ने, मिश्रित निर्वाचन पद्धतिले एकल दलको बहुमत आउने सम्भावना नहुने, साना साना एक दल, दुई दल, तीन दल हुँदाहुँदा २५ सिट पाउने दलसँग पनि प्रत्यक्षमा एक सिट जित्ने हैसियत नहुने स्थिति भइसकेपछि कुनै न कुनै रूपमा त्यसमा परिमार्जन गर्नुपर्छ भन्ने राष्ट्रिय सहमतिकै आधारमा हामी त्यो निक्र्यौलमा पुगेका हौँ । तर त्यसको उद्देश्य कुनै पनि ठाउँमा दुई दलीय शासन स्थापित गर्ने वा ज्यादा दल र विचार समाजमा आउने बहुलवादी संस्कृतिलाई कुनै पनि किसिमले निषेध गर्ने उद्देश्य अहिलेको मोर्डन प्रजातन्त्रमा कसैको पनि छैन ।’
सांसद साउदले एकदलीय शासन व्यवस्थालाई विश्वास गर्नै कम्युनिष्टहरुले बहुदलीय व्यवस्थाबारे आवाज उठाउँदा आफू सन्तुष्ट रहेको बताउनु भयो ।
नेवार समुदायलाई योमरी बनाउन भ्याइन भ्याइ
योमरी पुन्ही वा योमरी पूर्णिमा । हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषतः नेवार समुदायले मनाउने गर्दछन् । यो दिन विशेष प्रकारको परिकार (योमरी) बनाएर खाने गरिन्छ । योमरी खाइने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भन्ने गरिन्छ । यही दिन उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् । नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार योमरी खाने चलन छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसी,भैलो खेलेझैँ बालबालिका, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो । नेपाल संवत्अनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्ग महिनाको शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमरी पुन्ही भनिन्छ । यस दिन विवाह भइसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । योमरी पुन्हीका दिनदेखि योमरीको चुच्चोअनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वास छ ।
नेकपा एसको केन्द्रिय सदस्यहरूको कार्य विभाजनको टुंगो आइतबार लाग्ने
नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठकमा पार्टीको आगामी कार्य योजना र पार्टीका केन्द्रिय सदस्यहरूको कार्य विभाजन छलफल भएको छ ।
शुक्रवारबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा जारी बैठकमा आगामी कार्ययोजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरूले बोल्ने क्रम जारी रहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो । उहाँकाअनुसार पार्टीका केन्द्रिय सदस्यहरूको कार्य विभाजन आईतवारमात्रै हुनेछ । आगामी कार्ययोजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरले बोल्ने क्रम जारी छ । आज यसको बारेमा धारणा राख्ने कमरेडहरू जगन्नाथ खतिवडा, जयन्ती राई, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश विश्वकर्मा, माधव पौडेल, गरिमा साह, कल्याणी खड्का, विजय पौडेल, नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, सूर्यप्रसाद साह र भरत साह आज आफ्ना धारणा राख्नुभएको बताउनु भयो । छलफलमा पार्टीको संगठन, पार्टीलाई कसरी सुदृढ बनाउने, आगामी दिनमा आइपर्ने सम्पूर्ण प्रकारका चुनौतीहरू निर्वाचनमा प्रतिष्पर्धा गर्ने कुरा, पार्टीलाई सबल बनाउने, समग्रमा राष्ट्रको हितको प्रतिनिधित्व गर्नका निम्ति आफ्नो राजनीतिक दललाई सशक्त बनाउने विषयमा व्यापक गहिरो छलफल भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको तेस्रो बैठक हिजोदेखि लगातार सञ्चालन भइरहेको छ । यो बैठकमा विशेषतः थुप्रै साना योजनाहरू छन् । त्यसमध्ये मुख्य एजण्डाहरु हाम्रो पार्टीको आगामी कार्य योजना र पार्टीका केन्द्रित सदस्यहरूको कार्य विभाजन दुई वटा विषय प्रमुख छन् । आगामी कार्ययोजनका सन्दर्भमा वक्ताहरुले, स्थायी कमिटीका सदस्यहरले बोल्ने क्रम जारी छ । आज यसको बारेमा धारणा राख्ने कमरेडहरू जगन्नाथ खतिवडा, जयन्ती राई, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश विश्वकर्मा, माधव पौडेल, गरिमा साह, कल्याणी खड्का, विजय पौडेल, नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, सूर्यप्रसाद साह र भरत साह हुनुहुन्छ । पार्टीको संगठन, पार्टीलाई कसरी सुदृढ बनाउने, आगामी दिनमा आइपर्ने सम्पूर्ण प्रकारका चुनौतीहरू निर्वाचनमा प्रतिष्पर्धा गर्ने कुरा, पार्टीलाई सबल बनाउने, समग्रमा राष्ट्रको हितको प्रतिनिधित्व गर्नका निम्ति आफ्नो राजनीतिक दललाई सशक्त बनाउने विषयमा व्यापक गहिरो छलफल भएको छ । छलफल भोलिसम्म चल्नेछ । कार्य विभाजनको काम भोलि हुनेछ ।’
बैठक आईतवारसम्म सञ्चालन हुने पनि जानकारी दिनुभयो ।
दुई ठुला राजनीतिक दलहरू मिलेर बनेको सरकारले पनि अर्थतन्त्र सुधार गर्न सकेन: अध्यक्ष अग्रवाल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संसदका दुई ठुला राजनीतिक दल मिलेर सरकार बनाए पनि आर्थिक सुधार हुन नसकेको बताउनुभएको छ ।
शनिवार काठमाडौँमा नेपाल आर्थिक पत्रकार संघको १५ औँ साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदका दुई ठुला राजनीतिक दल मिलेर सरकार बनाएपछि निजी क्षेत्रले आर्थिक सुधार हुने अपेक्षा राखे पनि आर्थिक सुधार हुन नसकेको बताउनु भयो । उहाँले मौद्रिक नीति पनि कछुवाको गतिमा सुधार भइरहेको बताउनु भयो । उहाँले चितुवाको गतिमा नीतिगत सुधार हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘संसदका दुई ठुला दलहरू मिलेर सरकार बनेपछि निजी क्षेत्रले धेरै आशा लिएको थियो । तर अहिलेसम्म खै आर्थिक सुधार त्यति हुन सकेको छैन । श्रावणमा केन्द्रिय बैंकले लचिलो मौद्रिक नीतिको सुरुवात गरेको थियो र आशा थियो कि त्यो मौद्रिक नीति क्रमशः सुधारोन्मुख हुन्छ भनेर तर पनि अत्यन्त ढिलो गतिले सुधारोन्मुख छ । कछुवाको तालले मात्रै चलिरहेको छ । चितुवाको गतिले नीतिगत सुधारहरू हुनुप¥यो ।’
अध्यक्ष अग्रवालले देशलाई आर्थिक दृष्टिकोणले नयाँ दिशा दिन निजी क्षेत्र तयार रहेको बताउनु भयो । शिथिल अर्थतन्त्रबाट उन्मुक्ति नपाएसम्म क्रेडिट रेटिङले मात्रै नहुने बताउनु भयो ।
घर, जग्गाको समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गरी अघि बढ्छु: अध्यक्ष घिमिरे
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले देशभरका व्यवसायीका समस्या समाधानका एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
सबै व्यवसायीहरूका समस्या सुनेर समाधान गर्ने बाटोमा आफू अग्रसर हुने बताउनु भयो । शुक्रवार महँसंघको अध्यक्षमा घिमिरे सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्षमा चयन भएसँगै न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले घर जग्गाको क्षेत्रमा रहेका समस्या समाधानका लागि देशभरका व्यवसायीहरूसँग सहकार्य गर्ने बताउनु भयो । उहाँले घर जग्गाको व्यवसाय खस्किएकोमा व्यवसायी मात्रै नभई सरकार पनि गम्भीर रहेकाले चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले समस्याको समाधान छिटै हुने र व्यवसायीहरू उत्साहित रहेको उल्लेख गर्नुभयो । छिटै घरजग्गा कारोबार पुरानै लयमा आउने बताउनु भयो । बैंकहरुमा पैसा थुप्रिएर बस्दा पनि त्यसलाई ऋण प्रवाह गर्ने राम्रो खालको कानुनी व्यवस्था नल्याउँदा केही असहजता रहेको बताउनु भयो । बैंकिङ क्षेत्रमा थोरै सुधार भए अहिलेका समस्या समाधान हुने उहाँको विश्वास छ ।
उहाँले भन्नुभयो, ‘सहजतापूर्वक लिएर जान्छु र सबै साथीहरूसँग मिलेर र देशभरका व्यवसायीहरूसँग सहकार्य गरेर अघि बढ्छु । देशभरका व्यवसायीका समस्यालाई लिएर अघि बढ्छु । म निर्विरोध भएका कारणले सम्पूर्ण व्यवसायीहरूले मलाई साथ दिनुहुन्छ भन्ने लाग्छ । सबैले साथ दिँदा जस्तोसुकै चुनौती आएपछि समाधान गर्न सकिन्छ । घर जग्गाको व्यवसाय खस्किएकोमा हामी मात्रै होइन, सरकार पनि चिन्तित रहेछ भन्ने कुरा थाहा पाएका छौँ । हाम्रो सुनुवाइ हुन्छ, व्यवसायीहरू उत्साहित छन् र यो व्यवसाय पुरानै अवस्थामा आउँछ । राष्ट्र बैंकको नीति नै हामीले भनेको जस्तो नभएको लागेको छ । बैंकहरुमा पैसा थुप्रिएर बस्दा पनि त्यसलाई ऋण प्रवाह गर्ने राम्रो खालको कानुनी व्यवस्था नल्याएको हुनाले अप्ठ्यारो छ । बैंकिङ क्षेत्रमा थोरै सुधार भयो भने सम्पूर्ण कुराहरूको समाधान हुन्छ ।’
काठमाडौँमा शुक्रवार सम्पन्न तेस्रो महासभाबाट वरिष्ठ उपाध्यक्षमा विदुर धमला, उपाध्यक्षमा राजकुमार राई, दीपक कुँवर र पुरुषोत्तम पौड्याल निर्विरोध चयन भएका छन् । महासचिवमा रोशन भोयद्यो, सचिवमा घनश्याम पोखरेल र कोषाध्यक्षमा अरूणस्तोम त्रिपाठी निर्वाचित भएका छन् । सदस्यमा दशरथ पौडेल, उपेन्द्रप्रसाद अवस्थी, तुलसीप्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, लीलाबहादुर अधिकारी, मणिकुमार प्रसाईं र देवकुमार महत्तो निर्वाचित भएका छन् । —न्युज एजेन्सी नेपाल
काँग्रेस महामन्त्री शर्माद्वारा लोबुचे हिमाल आरोहण, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न आग्रह
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल आरोहण गर्नुभएको छ ।
संसद् दिवसको अवसर पारेर महामन्त्री शर्माले ६ हजार १४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गर्नुभएको हो । मंसिर २८ गते शुक्रवार बिहान पौने ७ बजे महामन्त्री शर्मासँगै ५ जना युवाले पनि हिमाल सफल आरोहण गर्नुभएको छ । हिमाल आरोहणको सन्देश जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको प्रभाव, हिमालहरूमा पु¥याएको असरबारे अध्ययन गरी संसद्, सरकार र विश्वको ध्यानाकर्षण गराउनु रहेको महामन्त्री शर्माले बताउनु भयो । नेपालको उच्च हिमाल आरोहण गर्ने हालसम्मका पर्वतारोहीलाई सम्मान, पर्वतारोहणमा महत्त्वपूर्ण भूमिका खेल्ने शेर्पा समुदाय, गाइड तथा श्रमिकहरूप्रति सम्मान, हिमाली श्रमिकहरूको असुरक्षित जीवनलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने उद्देश्य रहेको बताउनु भयो । जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असरबारे अध्ययन गर्नका लागि आफूहरू प्रत्यक्ष रूपमा हिमाल आरोहण गर्न आएको बताउनु भयो ।
उहाँले आफूहरू जलवायु परिवर्तनबाट नेपालमा परेको असर सिंगो संसारलाई ध्यानाकर्षण गराउनका लागि हिमाल आरोहण गर्न पुगेको बताउनु भयो ।
एनपिएलः काठमाण्डुको तेस्रो जित, पोखरा ६ विकेटले पराजित
पोखरा एभेन्जर्सलाई ३५ बल अगाडि ६ विकेटले पराजित गर्दै काठमाण्डु गुर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्लेअफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । टियु क्रिकेट मैदानमा जितको लागि १३९ रनको विजय लक्ष्य काठमाण्डुले १४ ओभर १ बलमा ४ विकेटको नोक्शानीमा पूरा ग¥यो । ओपनर स्टेफन इस्किनाजी र माइकल लेभिटलेपहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे । लेभिट ३२ रनमा आउट भए । स्टेफनले भने अर्धशतकीय पारी खेले । उनले ३४ बल खेल्दै १० चौका प्रहार गर्दै ६० रन जोड्दा काठमाण्डुको जित सहज बन्यो । यस्तै भीम सार्कीले २२ रन बनाउँदा जेरहाड इरासमस अविजित २५ रनमा क्रिजमा रहे । बलिङमा विपिन खत्रीले ३ विकेट लिए ।
यसअघि पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १३८ रन बनायो । रेमन रिफरले अविजित ४१, दिनेश खरेलले ३८ र दीलिप नाथले २७ रन बनाउँदा अन्य खेलाडीहरूले दोहोरो रन छुन सकेनन् । पोखरालाई १३८ रनमा रोक्न करण केसी र रसिद खानले समान ३/३ विकेट लिए ।
यो जितले काठमाडौँको प्लेअफ प्रवेशको सम्भावना बलियो बनेको छ । उसको यो चौथो जित हो र आठ अंक जोडेको छ । काठमाण्डुले अन्तिम खेलमा आइतबार विराटनगर किंग्ससँग खेल्नेछ । पोखराको यो चौथौ हार हो ।
ऊर्जा विकास मार्गचित्र पास हुने भएसँगै ऊर्जा व्यवसायी उत्साहित
प्रभावकारी बन्दै इप्पानको फ्राइडे फोरम
ऊर्जा विकास मार्गचित्र आगामी मन्त्रीपरिषद्को बैठकबाट पास हुने भएसँगै ऊर्जा उत्पादक व्यवसायीहरू उत्साहित भएका छन् ।
ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा उत्पादकहरुसँगको फ्राइडे फोरम कार्यक्रममा आगामी मन्त्रीपरिषद्को बैठकबाट पास गर्ने बताएसँगै व्यवसायीहरू उत्साहित भएका हुन् ।









