हेल्प नेपालले सेमिफाइनलमा क्लव एचडिसीसँग खेल्ने

काठमाडौँ । हेल्प नेपाल स्पोर्ट्स क्लव र गण्डकी प्रदेश भलिबल संघले जारी काभा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा हार व्यहोरेको छ ।

बिहीवार भएको पहिलो खेलमा हेल्प नेपालले इरानको यु–१८ र दोस्रो खेलमा गण्डकीले भारतको क्यालिकट हिरोजविरुद्ध हार बेहोरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हेल्प नेपाल इरानी टोलीसँग ३–१ को सेटमा स्तब्ध भयो । यससँगै हेल्प नेपालले जारी च्याम्पियनसिपमा पहिलो हार सामना ग¥यो ।

हेल्प नेपालले पहिलो सेटमा इरानलाई २५–२३ ले हराएको थियो । तर, त्यसपछि भने इरानी टोलीले उत्कृष्ट पुनरागमन ग¥यो । इरानले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१७ र चौथो सेट २५–९ ले आफ्नो पक्षमा पा¥यो ।

अर्को खेलमा पनि नेपाली टोली गण्डकी भारतको क्यालिकटसँग ३–० को सोझो सेटमा पराजित भयो । जित्नै पर्ने खेलमा पराजित भएपछि गण्डकी लिगचरणबाटै बाहिरिएको छ । क्यालिकटले गण्डकीमाथि २५–२२, २५–१९ र २५–१५ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।

यससँगै पाँच टोली सहभागी च्याम्पिनयनसिपमा शतप्रतिशत जित निकाल्दै इरानको टोली १० अंक जोडयो । समान चार खेलबाट हेल्प नेपालको आठ अंक र क्यालिकटको सात अंक रह्यो ।

यससँगै शीर्ष स्थानको इरानले तेस्रो स्थानको क्यालिकटसँग सेमिफाइनलमा खेल्ने तय भयो । दोस्रो स्थानको हेल्प नेपालले चौथो स्थानको माल्दिभ्सको क्लब एचडिसीसँग खेल्नेछ ।

क्लव एचडिसीले चार खेलबाट तीन अंक जोडेको छ । गण्डकी भने समान खेलबाट दुई अंकसहित पुछारमा रह्यो । नेपालसहित चार राष्ट्रका पाँच क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् ।

आठौं प्रधानमन्त्री कपका शीर्ष दुई टोलीका रूपमा हेल्प नेपाल र गण्डकीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका हुन् ।

सिगंल राउन्ड रोबिन लिगका आधारमा जारी च्याम्पियनसिपको लिगमा उत्कृष्ट चार टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

सेमिफाइनलमा लिगको शीर्ष टोलीले तेस्रो स्थानको टोली तथा दोस्रो हुने टोलीले चौथो स्थानमा लिग सकाउने टोलीसँग खेले । उपाधि भिडन्त आगामी मंसिर २९ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =