भारतीय प्रधानमन्त्री मोदीले दिए ‘प्रचण्ड’ की नातिनी स्मितालाई विहेको शुभकामना

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहाललाई बैबाहिक जीवनको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री मोदीले गंगा दाहालकी छोरी स्मिताको बिहेको शुभकामना दिएका हुन् । गंगा दाहाललाई सम्बोधन गरेर लेखिएको पत्रमा स्मिता र सयुज्यलाई दाम्पत्य जीवनको शुभकामना दिइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले विहेको शुभकामना दिएको पत्र सोमबार गंगा दाहालले सामाजिक सञ्चजाल फेसबुकमा सार्वजनिक गरेकी छन् ।

गत शुक्रवार (डिसेम्बर ६) को बिहेको लागि मोदीले पत्रबाट शुभकामना दिएका हुन् । शुक्रबार काठमाडौंको गोकर्णस्थित नर्लिङ रिसोर्टमा गायिका स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =