झाँक्री प्रकाश भुजेललाई पुर्पक्षका लागि थुनामा पठाइयो

काठमाडौं । झाँक्री प्रकाश भुजेललाई थुनामा पठाइएको छ ।  जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कार्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो ।

झाँक्रीले चलाएको बा.१९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

यो पनि : झाँक्री भुजेलको कारले ठक्कर दिँदा नारायणको ज्यान गयो,श्रीमतीको अवस्था गम्भिर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 7 =