कांग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा सदस्य मनोनयन
२०८१ मंसिर १८ गते

काठमाडौं । नेपाली कांग्रेसले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा दश सदस्य मनोनयन गरेको छ ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे प्रमुख रहेको उक्त विभागमा विभिन्न व्यक्तिलाई मनोनयन गरेका हुन् ।
मनोनयन गरिएकामा गणेश चन्द (सल्यान), मधुसुदन पाण्डेय (काठमाडौँ), हेमलाल पुन (गुल्मी), धर्मराज न्यौपाने (अछाम), सिर्जना सिंह श्रेष्ठ (काठमाडौँ), रेखा प्रसाई (सुनसरी), जुमराती नदाफ (धनुषा), लक्ष्मी परियार (तनहुँ), रेणु चौधरी (कैलाली) र अनिता अर्याल (चितवन) रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
२०८१ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित








