इसेवाको ब्राण्ड प्रवर्द्धकमा पौडेलको निरन्तरता

काठमाडौं । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्राण्डप्रवर्द्धकको रुपमा नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई नै अनुबन्ध गरेको छ । गत वर्ष पनि क्रिकेटर पौडेल नै ब्राण्डप्रवर्द्धकको रुपमा अनुबन्धित रहेकामा यस वर्ष पनि उनलाई नै निरन्तरता दिइएको हो ।

विगत एक वर्षदेखि इसेवाको ब्राण्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका पौडेलसंगको सम्झौताको अवधि पुनःथप गरिएको हो । गत आइतबार पुल्चोक ललितपुरमा अवस्थित इसेवाको प्रधान कार्यलयमा इसेवाका प्रमुख कार्यकारी अधिकृत (सी.ई.ओ) जगदीश खड्का र रोहित कुमार पौडेल बिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

ब्राण्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए ।

इसेवाका सीइओ खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्वपूर्ण योगदान दिँदै आएका नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =