रास्वपाबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठद्धारा सपथ ग्रहण

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित वडाध्यक्षलाई महानगरपालिकाका प्रमुख बालेन शाहले मंगलबार शपथ ग्रहण गराएका छन् ।

एक कार्यक्रमका बिच महानगर प्रमुख शाहले नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् । उपनिर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारलाई हराउँदै श्रेष्ठ निर्वाचित भएकी थिइन् ।

२ हजार ९ सय २ मत ल्याएर श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएकी थिइन् । शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागि थिए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ आइतबार उपनिर्वाचन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twelve =