पारा खेलाडीको योगदानकै कारण पहिलोपल्ट पारा खेलकुद गर्दैछौँ : राखेप सदस्यसचिव घिसिङ

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा पारा खेलाडीले दिलाउँदै आएको ऐतिहासिक योगदानलाई मध्यनजर गर्दै पहिलोपल्ट पारा राष्ट्रिय खेलकुदको गर्न लागिएको बताएका छन् ।

आइतबारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राखेप सदस्यसचिव घिसिङले पारा खेलाडीको योगदानका कारण पहिलोपल्ट वृहत् पारा खेलकुदको परिकल्पना गरिएको बताएका हुन् ।

तथापि उनले पहिलोपल्ट हुन लागेको पारा खेलकुदमा सीमित खेल प्रतिस्पर्धा मात्र हुने प्रष्ट पारे । प्रस्तावित बजेटभन्दा कम निकासा भएपनि पारा खेलकुदको आवश्यकता देखेर यसको सुरुवात गर्न लागिएको उनको भनाइ छ । राखेप सदस्यसचिव घिसिङले सातै प्रदेश खेलकुद परिषद्ले जिल्लामा र प्रदेशमा खेलकुद गतिविधि गर्दै आएकाले खेलक्षेत्रमा संघीयता पूर्ण रूपमा लागू भएको स्पष्ट पारे ।

उक्त समितिको बैठकमा बोल्दै घिसिङले कर्णाली प्रदेशले अन्य प्रदेशको तुलनामा कम श्रोत साधनमा भएपनि खेलकुद क्षेत्रका लागि राम्रो लगानी गर्दै आएको बताए । उनले आगामी दसौँ राष्ट्रिय खेलकुद आयोजना गर्न सरकारले ६० करोड बजेट तय भएपनि उक्त खेल आयोजना गर्न राखेपको बोर्ड बैठक आवश्यक रहेको उल्लेख गरे ।

तर युवा तथा खेलकुदमन्त्री नै राखेपको अध्यक्ष हुने र मन्त्रीको निर्देशनमा मात्र बैठक बस्न पाउने कानुन व्यवस्था रहेको राखेपका सदस्यसचिव घिसिङले प्रष्ट पारे । यद्यपि लामो समयदेखि बोर्ड बैठक बस्न नसक्दा मंसिर २ गते निर्धारण गरिएको दसौँ राष्ट्रिय खेलकुद आयोजना गर्न नसकिएको राखेप सदस्यसचिव घिसिङको भनाइ छ ।

गत शुक्रवार मात्र १४ महिनापछि बोर्ड बैठक तय गरिएको थियो । तर उक्त बैठक गणपूरक नभएको उनको भनाइ छ । उक्त बैठकमा आवश्यक रहेको दुई सदस्य अनुपस्थित थिए । जुन मन्त्रालयकै सचिव र सहसचिव हुन् । यद्यपि, उनले अबको बैठकमा अहिले उपस्थितिको ३३ प्रतिशत मात्र सदस्य आवश्यक भएकाले राष्ट्रिय खेलकुद आयोजनाको बाटो खुल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =