नेपाली सेनाद्वारा जाजरकोट दुर्घटनाका घाइतेको उद्धार
२०८१ कार्तिक २६ गते

फाइल फोटो
काठमाडौं । नेपाली सेनाले जाजगरकोटमा आज भएको सडक दुर्घटनाका घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पुर्याएको छ । जाजरकोटको भेरी नगरपालिका–१३ जिरो प्वाइन्टमा नेपालगञ्जतर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका १२ जनालाई सेनाले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पठाउन सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
साथै उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका आठ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गरी थप उपचारको लागि सुर्खेतस्थित प्रादेशिक अस्पतालमा ल्याउने कार्य भइरहेको छ ।
२०८१ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित








