कालिकोट जिप दुर्घटना अपडेट : ६ जनाको मृत्यु,घाइतेहरुको उपचार हुँदै

काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

आइतबार दिउँसो पलाँता गाउँपालिका – ३ को राडुनेटामा कर्णाली प्रदेश क १ ज ५६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको कालिकोटका प्रहरी निरीक्षक एवं सुचना अधिकारी गोविन्द चौधरीले मकालुखबरलाई बताए ।

दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =