काठमाडौं उपत्यकामा छठको रौनक (तस्बिहरु)
२०८१ कार्तिक २१ गते

काठमाडौं । काठमाडौं उपत्यकामा पनि छठको रौनक शुरु भएको छ ।

काठमाडौं उपत्यकाका गौरीघाट, कमलपोखरीलगायत विभिन्न स्थानमा छठका लागि तयारी शुरु गरिएको हो । छठ पूजाका लागि काठमाडौँका गौरीघाटका नदी किनारहरूमा रङ्गी विरङ्गी फुलहरूले सिँगारिएका छन् ।

झिलिमिली बत्ती लगायत, मानिसहरु हिँड्ने बाटो फुलले सजाइएको छ । छठ पूजाका लागि नम्बरिङ सेटिङ गरिएको छ ।

मानिसहरु आवात जावात गर्ने पुलहरूमा फुलहरू सजाइएको छ । जस कारण नदी किनारहरू पनि सुन्दर देखिएका छन् ।

छठ पर्वमा श्रद्धालुहरू भगवान् श्री सूर्यनारायणको पूजा गर्ने गर्छन् । गाउँगाउँमा रहेका पोखरीहरूमा समेत छठ पर्वलाई लिएर सरसफाईका साथै सजाउने कार्य भईरहेको छ ।



२०८१ कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित








