‘सुनौलो पाइला’ले फुलाएका सयपत्री (तस्बिरहरू)
२०८१ कार्तिक १३ गते

काठमाडौं । तिहार नजिकएसंगै विभिन्न प्रकारका फूलहरूको किनबेच सुरु भएको छ ।

सयपत्री फुल लगायतका फूलहरूको किनबेचका लागि पुष्प व्यवसायीहरूले बजारमा पठाउन थालिसकेका छन् ।

स्थानीय फुलसहित अन्य देशबाट आयात गरिएका फूलहरूले अहिले बजार तथा बारी रङ्गिन छन् ।

गोकर्णेश्वरको सुन्ताखानमा पनि ‘सुनौलो पाइला’ नामक अनाथ आश्रमले सयपत्री फूलको खेती गरेको छ ।

संस्थाकी अध्यक्ष रोजिना बिष्टका अनुसार फूल बिक्रीबाट आउने रकम त्यही अनाथ आश्रममा आश्रित बालबालिकाको खर्चमा प्रयोग हुँदै आएको छ ।

२०८१ कार्तिक १३ गते
प्रतिक्रिया
सम्बन्धित








