मुद्दा जिताउने भन्दै १ करोड २८ लाख ठगी आरोपमा एक जना पक्राउ

काठमाडौं । काठमाण्डौं–निजगढ द्रुत मार्ग (फास्टट्रयाक) को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ ।

ललितपुरको भैँसेपाटी बस्ने वर्ष ४५ का रवीन्द्र महर्जनलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार आरोपितले उजुरीकर्तासँग भेटघाट गरी काठमाडौं –निजगढ द्रुत मार्ग (फाष्ट ट्रयाक) को टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर सम्मानित उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम मागेको र रकम नदिएमा मुद्दा हराइ दिने धम्की दिइ रु एक करोड २८ लाख लिएर फरार भएका थिए ।

आचार्यले भने,“कार्यालयमा जाहेरी परेपछि काठमाडौं जिल्ला अदालतबाट यही ६ गते पक्राउ अनुमति जारी भएको थियो । खोजतलास गर्ने क्रममा प्रहरी टोलीले आज दिउँसो १ बजे पक्राउ गरेको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =