एयर इन्डियाको जहाजमा बम रहेको हल्ला, प्रहरीले थाल्यो चेकजाँच

काठमाडौँ । काठमाडौँबाट दिल्ली उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा प्रहरी र सेनाले चेकजाँच थालेको छ ।

एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको हो ।

विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकका अनुसार उडानको तयारी भइरहेका बेला ३ः१५ बजे दिल्लीबाटै बम राखिएको सूचना आएपछि चेकजाँच  थालिएको हो ।

हाल विमानमा चेकजाँच भइरहेपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अन्य उडानमा भने कुनै प्रभाव परेको छैन् ।

सो विमानमा दिल्लीबाट १३७ जना यात्रु नेपाल आएका थिए भने १६९ जना यात्रु दिल्ली उड्ने तयारीमा थिए ।

यसअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्ने हल्ला फैलिएको थियो । त्यसबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अन्य उडानहरू पनि प्रभावित बनेका थिए । तर प्रहरीले चेकजाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु फेला पारेनन् ।

यसरी पटकपटक भारतीय वायुसेवा कम्पनीहरूका विमानमा बम रहेको भन्दै थ्रेट आइरहँदा पनि प्रहरीले यसको कारण पत्ता लगाउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =