रास्वपालाई धनराजको प्रश्न– निकिता पौडेललाई हिरासतमा किन नराखेको ?

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सहकारी प्रकरणमा आफ्नो संलग्नता नहरेको बताएका छन् ।
उनले आफूमाथि निष्पक्ष छानबिनका लागि संसदमा कुरा राखिसकेको बताएका छन् । उनले आफू भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली भएको बताएका छन् ।
‘सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता नभएको र निष्पक्ष छानबिनको लागि मैले सम्मानित संसदमा कुरा राखिसकेको छु’, उनले भने,‘म सधैँ भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली हुँ ।’
उनले रास्वपाका कार्यकर्ताले आफ्नो तस्बिर राखेर आन्दोलन गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले ज्योति गुरुङले गरेको गल्तीको दोषी मलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखेर कारबाही किन नगरेको ? भनेर प्रश्न गरेका छन् ।
उनले लेखेका छन्–‘म रास्वपाका साथीहरूलाई सोध्न चाहन्छु यदि ज्योति गुरुङले गरेको गल्तीको दोषी मलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखेर कारबाही गर्न किन माग नगरेको ?’










Dhanraj grgko tasbir liyera aandolan garna banda gar. Rabiko galti dhakxop garna arutira galti nadekhau, aakhama patti nabadh.