मलेसियाले २०० रिङ्गेटले बढायो श्रमिकको तलब
२०८१ कार्तिक ३ गते

काठमाडौं । मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने भएको छ । आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुने गरी पारिश्रमिक बढाइएको हो ।
आगामी वर्षका लागि बजेट भाषण गर्दै मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले न्यूनतम पारिश्रमिक २००रिङ्गेटले बढाउने घोषणा गरेका हुन्। अहिले श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १५०० रिङ्गेट छ। अब श्रमिकहरुको न्यूनतम पारिश्रमिक १७०० रिङ्गेट पुगेको छ ।
पाँचभन्दा कम कामदार भएका कम्पनी तथा उद्योगका लागि भने नयाँ पारिश्रमिक केही समय पछिदेखि लागू हुनेछ। यस्ता कम्पनी तथा उद्योगमा आगामी १ अगस्ट २०२५ देखि लागू हुने छ।
२०८१ कार्तिक ३ गते
प्रतिक्रिया
सम्बन्धित








