यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
२०८१ कार्तिक १ गते

काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार प्याज सुकेको (भारतीय)को अधिकतम मूल्य प्रतिकिलो १ सय ५, लोकल गाँजरको १ सय ४०, काउली स्थानीयको १ सय २०, गोलभेँडा (ठुलो भारतीय)को १ सय ४० रुपैयाँ कायम भएको छ ।
यसैगरी आलु (रातो)को ९७, लोकल गोलभेँडा (सानो)को ८० रुपैयाँ कायम हुँदा टाटे सिमीको ९०, (लौका)को ५०, अनारको ४ सय, केरा दर्जनको १ सय ६०, कालो अंगुरको ४ सय ३० रुपैयाँ कायम भएको छ ।

२०८१ कार्तिक १ गते
प्रतिक्रिया
सम्बन्धित








